Breaking

Sunday, May 28, 2017

काठमाडौंको मेयरमा उठेर १ मत मात्र पाउने उम्मेद्वार को हुन् ?


काठमाडौं । काठमाडौं महानगरको मेयर पदमा नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् । कांग्रेसका राजुराज जोशीलाई भारी मतअन्तरले पराजित गर्दै उनी मेयरमा निर्वाचित भएका हुन् ।

शाक्यले ६४ हजार ९ सय १३ मत प्राप्त गरेका छन् भनेउनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जोशीले ४५ हजार २ सय ६९ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी विवेकशील नेपालकी रञ्जु दर्शनाले २३ हजार ४ सय ३९, साझा पार्टीका किशोर थापाले १८ हजार ४ सय ९६ र माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९ सय ६ मत प्राप्त गरेका छन् ।

त्यस्तै काठमाडौं महानगरमा मेयर पदमा उठेर १ भोट पाउने मात्र पनि उम्मेद्वार रहेका छन् । उनी हुन स्वतन्त्र उम्मेद्वार भगवान गिरी ।

उनले १ भोट मात्र पाउँदा यो बुझ्न सकिन्छ कि उनलाई आफ्नै घरका परिवारले समेत भोट दिएका रहेनछन् । उनले आफूले हालेको भोट मात्र पाएको अनुमान गर्न सकिन्छ । स्वतन्त्र उम्मेदवार बनेका उनी खुला सुटकेश चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।