एजेन्सी / ब्राजिलमा नोइवा कोरडेएरो नाम गरेको ठाउँ रहेको छ । यस गाउँको कथा कुनै ग्रीक कथाभन्दा कम छैन । यस ठाउँको पहाडमा एउटा सुन्दर गाउँ रहेको छ । यस गाउँमा सुन्दर युवतीहरुको संख्या उल्लेख्य रहेको छ ।
यहाँका युवतीहरु विवाह लागि पुरुषहरुको खोजी गरिरहेका छन् । करीब ६०० को संख्यामा रहेका युवतीहरुलाई विवाहका लागि अविवाहित पुरुष पाउन निकै मुस्किल परेको छ । विवाहका लागि पुरुषहरुको खोज भने जारी रहेको छ ।
गाउँका युवतीहरुको उमेर २० देखि ३५ भित्र रहेको छ । यस गाउँमा बस्दै आइरहेकी नेल्मा फर्काडिसका अनुसार यस गाउँमा विवाहित पुरुष कि त नातेदार पुरुषमात्र छन् । गाउँमा रहेका युवतीहरु आफ्नो हुनेवाला दुलाहा सपना देख्ने गर्छन् ।
तर, विवाहका लागि उनीहरु गाउँ छोड्ने पक्षमा भने छैनन् । उनीहरु विवाह पश्चात पनि त्यही बस्न चाहान्छन् । युवतीहरु चाहान्छन् कि विवाह पश्चात उनीहरुका पुरुष पनि उनीहरुसँगै सोही गाउँमा बसुन् ।
