युक्रेनका पूर्व खेलमन्त्रीले आफ्नो छोरालाई हेलिकोप्टर चढाएर स्कुल पूराएका हुन् । पूर्व खेल राज्यमन्त्री एन्ड्रे पाल्चेभ्स्कीका छोरा दुनियाँका दुुर्लभ बालक होलान् जो हेलिकोप्टर चढेर स्कुल जान पाए ।
समाचार अनुसार पूर्व मन्त्रीका छोराको स्कुल घरबाट अलिक टाढा रहेछ । हालै एकदिन छोरा स्कुल जानका लागि घरबाट निस्किन केही ढिला भयो ।
सडकमार्ग हुँदै जाम छिचोलेर स्कुल जाँदा समयमा स्कुल पुुग्ने सम्भावना रहेन । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ, ती पूर्व मन्त्रीले अन्ततः हेलिकोप्टर चढाएर छोरालाई समयमै स्कुल पूराए ।
जब राजधानी किभको लिप्सी जिल्लामा रहेको एक स्कुलको गेट नजिकै हेलिकोप्टर उत्रियो तब सबै अचम्ममा परे । अझ हेलिकोप्टरबाट एक विद्यार्थी निस्किएर सरासर स्कुलको गेटभित्र छिरेपछि त आश्चर्यको सीमा रहने कुरै भएन । हेलिकप्टर चढेर स्कुल जान पाउने ती बालकको नाम भने खुलाइएको छैन ।
छोरालाई हेलिकोप्टर चढाएर स्कुल पुर्याउने पूर्व मन्त्रीका विषयमा सोसल मिडियामा अनेक थरी प्रतिक्रिया आएका छन् । कतिपयले मन्त्रीले धनको रवाफ देखाएको गरीबलाई हेँपेको भनेका छन् भने कतिपयले छोराको शिक्षाका लागि पूर्वमन्त्रीले अपनाएको उपायको सह्राना गरेका छन् । एजेन्सी
यो पनि पढ्नुहोस: राष्ट्रपति र उपराष्ट्रपतिलाई अब यस्तो सुविधा, तलब कति ?
सरकारले राष्ट्रपतिरउपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक मंगलबार संसदमा दर्ता गरेको छ ।
राष्ट्रपति/उपराष्ट्रपतिलाई सरकारको तजबिजी निर्णयका आधारमा उपलब्ध गराउँदै आएको सेवासुविधालाई पारदर्शी बनाउन ऐन बनाउन खोजिएको हो ।
राष्ट्राध्यक्षको मासिक पारिश्रमिक १ लाख ५० हजार ४ सय ५० र उपराष्ट्रपतिका लागि १ लाख ८ हजार ३० प्रस्ताव गरिएको विधेयकमा दुवै पदाधिकारीका लागि अन्य थुप्रै सेवासुविधा प्रस्तावित छन् ।
सरकारी आवास सुविधा पाउने देशका सर्वोच्च पदाधिकारीले सवारीसाधन, आवश्यक पर्ने जति इन्धन, मोबिल र मर्मत खर्च सरकारले व्यहोर्ने छ ।
दुवै पदाधिकारीले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार मनाउने चाडपर्वका लागि प्रत्येक वर्ष एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च पाउनेछन् ।
राष्ट्रपतिले प्रत्येक वर्ष २५ हजार रुपैयाँ र उपराष्ट्रपतिले २० हजार रुपैयाँ पोसाकभत्ता पाउनेछन् ।
विधेयकअनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिले ओहोदासम्बन्धी कामको सिलसिलामा गर्ने स्वदेश तथा विदेश भ्रमणको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने छ ।
यस्तो भ्रमणका बेला उनीहरूले २५ लाख रुपैयाँ बराबरको बिमा सुविधा पाउनेछन् ।
मासिक पारिश्रमिक र अन्य सेवासुविधामा फरक भए पनि राष्ट्रपतिरउपराष्ट्रपति दुवैलाई दैनिक भ्रमणभत्ता भने बराबरी प्रस्तावित छ ।
उनीहरूले स्वदेशभित्र दैनिक तीन हजार तीन सय र विदेश भ्रमणमा २५० अमेरिकी डलर भत्ता पाउनेछन् । विदेश भ्रमणमा पनि अमेरिका र युरोपका तोकिएका देशहरूका लागि थप ३३ प्रतिशत दैनिक भत्ता पाउनेछन् ।
यस्तो हुनेछ राष्ट्रपति/उपराष्ट्रपतिको सुविधा
- मासिक पारिश्रमिक : राष्ट्रपतिलाई १ लाख ५० हजार ४ सय ५० र उपराष्ट्रपतिको १ लाख ८ हजार ३०
- सरकारी आवास, गाडी र चाहिएजति इन्धन तथा मर्मत खर्च
- मासिक पारिश्रमिक बराबर अतिथि सत्कार र भैपरी खर्च
- एक महिनाको पारिश्रमिक बराबर वर्षको एकपटक चाडपर्व खर्च
- एक/एक निजी चिकित्सक
- स्वदेशरविदेशको अस्पतालमा लाग्नेजति उपचार खर्च
- बिरामी पर्दा तीनजनासम्म कुरुवाको मनासिव खर्च
- विदेश भ्रमण गर्दाको सम्पूर्ण खर्च
- सरकारले तोकेजति विज्ञ
- स्वकीय सविचालयमा राष्ट्रपतिलाई १८ र उपराष्ट्रपतिलाई १२ कर्मचारी
संवैधानिक राष्ट्रपतिको स्वकीय सचिवालयमा डेढ दर्जन र उपराष्ट्रपतिको निजी सचिवालयमा विशिष्ट श्रेणीका सहित एक दर्जन कर्मचारीको सुविधा प्रस्तावित छ ।
राष्ट्रपतिलाई विशिष्ट श्रेणी र प्रथम श्रेणीसरहको १/१, द्वितीय श्रेणीसरहको २, तृतीय श्रेणी सरहको ४, कम्प्युटर सहायक, फोटोग्रोफर १/१ र कार्यालय सहयोगी तथा सवारी चालक ४/४ को स्वकीय सचिवालय प्रस्तावित छ ।
-कान्तिपुर दैनिकबाट
