Breaking

Wednesday, May 31, 2017

विदेशी जेलमा नेपालीहरू, १७ जनालाई मृत्युदण्ड, ४३ जनालाई जन्मकैदको सजाय

काठमाडौं। रोजगारीको शिलशिलामा बिदेशीएका नेपालीहरु विभिन्न देशमा ३१८ जना विभिन्न अभियोगका कारण कारावास सजाय भोगिरहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियतामा नेपाली दूतावास रहेका र नरहेका तर प्रमाणीकरण हुने विश्वका ३२ वटा मुलुकमा रहेका नेपाली नागरिकको अवस्था बुझ्ने क्रममा यस्तो पाइएको हो । सरकारले पहिलोपटक यी देशमा रहेका नागरिकको खोजी गरी कारागार सजाय भोगिरहेका नागरिकको अवस्था सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको परराष्ट्र शाखाका अनुसार विभिन्न देशमा कारावास सजाय भोगिरहेका ३१८ जना नेपाली नागरिकमध्ये १७ जनालाई मृत्युदण्ड र ४३ जनालाई जन्मकैदको सजाय सुुनाइएको छ । यसैगरी विदेशका कारागारमा रहेका २३९ जनालाई न्यूनतम एक महिनादेखि ५० वर्षको कारावास सजाय तोकिएको पाइएको सो शाखाका वैदेशिक रोजगारविज्ञका रूपमा कार्यरत सुशील ढुङ्गानाले जानकारी गराउनुभयो । भारतबाट भने विवरण आउन बाँकी रहेको छ ।