Breaking

Wednesday, May 31, 2017

शाहरुख खान चलचित्र छायांकनका क्रममा छतबाट लडेर अस्पताल भर्ना


एजेन्सी । भारतीय चर्चित अभिनेता शाहरुख खान चलचित्र छायांकनका क्रममा छतबाट लडेर घाइते भएका छन्। चलचित्र छायांकनका क्रममा छतको एक भाग भत्किएर शाहरुखसँगै अन्य दुई जना पनि छतबाट तल खसेपछि तत्काल उपचारका लागी अस्पताल भर्ना गरिएको छ ।

आनन्द एल रायको चलचित्र छायांकनका क्रममा उनीहरु घाइते भएका हुन् । कटरिना कैफ र अनुष्का शर्माको पनि अभिनय रहने भनिएको चलचित्रमा चर्चित नायिकाद्धय भने अनुपस्थित भएको भारतीय अनलाइन अमर उज्यालाले जनाएको छ । दुर्घटनाका विषयमा थप जानकारी आउन बाँकी छ ।