Breaking

Wednesday, May 31, 2017

म्यादी महिला प्रहरीलाई जिस्क्याएको आरोप

लहान, जेठ १८ । सिरहाबाट छनोट भई सप्तरीमा खटिएका म्यादी प्रहरीले बुधबार इलाका प्रहरी कार्यालय लहानअगाडि प्रदर्शन गरेका छन् ।

आफूहरुलाई काममा खटिंदा खाना र बस्न नदिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

म्यादी प्रहरीका लागि सरकारले उपलब्ध गराएको पोसाकमै जिल्ला प्रहरी कार्यालय सिरहाअगाडि उनीहरुले प्रदर्शन गरेका थिए ।
सिरहामा छनोट भइ सप्तरीमा खटिएकामध्ये ८० जना म्यादीले प्रदर्शन गरेको बताइएको छ ।

उनीहरुले आफूहरुलाई एक जिल्लामा छनोट गरेर अर्कै जिल्लामा पठाएर विभेद गरेको आरोप लगाए ।

उनीहरुले आफूहरुलाई एक जिल्लामा छनोट गरेर अर्कै जिल्लामा पठाएर विभेद गरेको आरोप लगाए ।

उनीहरुले आफूहरुलाई एक जिल्लामा छनोट गरेर अर्कै जिल्लामा पठाएर विभेद गरेको आरोप लगाए ।

आफूहरुलाई प्रहरीले कार्यालयमा बस्न नदिएको, खानका लागि ‘जहाँ मन लाग्छ त्यही जाउँ’भनेर हप्काउने गरेको एक म्यादी प्रहरीले बताए ।

नेपाल प्रहरीले म्यादी प्रहरीमा खटिएका महिलाहरुलाई जिस्क्याउने गरेको, ड्युटीमा खटिंदा नेपाल प्रहरीसँगै नगएकोलगायतका आरोप उनीहरुको छ ।