जनकपुरधाम, १६ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपाल धनुषाका करिब ६० भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । राजपा नेपालको पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी तथा घेराउ गर्न गएका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
निर्वाचन कार्यालयमा सुरक्षाकर्मीले तालाबन्दी गर्न नदिएपछि घेराउ गर्दै नाराबाजी गर्दा सामान्य झपड समेत भएको राजपा नेपालका अध्यक्षमण्डलीय नेता परमेश्वर साहले मधेशवाणीलाई टेलिफोन सम्वादमा बताएका छन् ।
उनले आफूहरुलाई एसपी कार्यालयमा राखेको र आफूहरु हिरासतभित्रै नाराबाजी गरिरहेको बताए । उनका अनुसार सुरक्षाकर्मीले महिलाहरुमाथि दुर्व्यवहारसमेत गरेको आरोप लगाए ।
राजपा नेपालका नेता कार्यकर्ताहरु पक्राउ परेको भन्दै जनकपुरधामको ठाउँ–ठाउँमा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् । जनकपुरधामको अवस्था अहिले तनावग्रस्त रहेको छ ।
Tuesday, May 30, 2017
जनकपुरधामबाट राजपा नेपालका ६० जना पक्राउ, तनावग्रस्त अवस्था
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
