निकै नै चर्चामा आएको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम अवस्थामा पुगेकाबेला आइतबार रातिदेखि रोकिएको छ । यसै क्रममा मतपत्र च्यात्दा च्यात्दै प्रहरीले दुई माओवादी कार्यकर्तालाई रंगेहात पक्राउ गरेको छ । अहिले भरतप्रको मतगणनास्थल मतगणास्थल सिल गरिएको छ ।निर्वाचन आयोग लगायत विभिन्न राजनीतिक दलहरुले आ–आफ्ना ताल्चा लगाएका छन् । शान्तिपूर्णरुपमा भइरहेको मतगणनास्थललाई दलका प्रतिनिधिले किन रणभूमि बनाए त ? आखिर कसरी भयो यो सब घटना । घटनामा कांग्रेस –माओवादीले एमालेलाई दोष दिइरहेको भएतापनि तथ्य प्रमाण हेर्दा दोषी माओवादी नै देखिएको छ । निर्वाचन आयोग र छानबीन समितिको प्रतिवेदन आज दिउसो सम्म सार्वजनिक हुने भनिएको छ । यद्यपि निर्वाचनमा खटिएका प्रतिनिधि एवं विश्लेषकहरुले भने प्रधानमन्त्री पूत्री रेणु दाहाल हार्ने निश्चित भएपछि यो सब घटाएको भन्ने टिका टिप्पणी गर्दै आएका छन् । यसै सन्दर्भमा निर्वाचन बुथभित्रै बसेर सुक्ष्म तरिकाले नियालेका प्रतिनिधिहरुले यस्तो तथ्य सार्वजनिक गरेका छन् ।
तथ्य कुरा यस्तो छ :
भरतपुर महानगरपालिकाको वडा नः २१ बाट एमालेका देवी ज्ञवालीको लिड ७८४ रहेको थियो । यो लिड महानगरको वडा नः १९ मा गणना गर्दा ३ सयदेखि ४ सय सम्म झर्ने अनुमान थियो कांग्रेस र माओवादीको । तर १९ को मतगणना गर्दा उनीहरुले सोचेजस्तो परिणाम आएन । त्यहाँ मत गणना गर्दा एमालेका देवी ज्ञवाली त्यति धेरै माइनस भएनन् । वडा नः १९ को पहिलो ६०० मा २०, दोस्रो ६०० मा ९ र तेस्रो ६०० मा २२ मत गरी कुल १८०० को गणनामा ५१ मत माइनस भए देवी ज्ञवाली । यो रेर्कड निर्वाचन आयोगसँग अहिले पनि सुरक्षित रहेको प्रतिनिधिहरु बताउदछन् ।
। त्यसपछिको ६ सय गणनासम्म कुल ८० मत माइनस भएको गणकहरुले बताएका छन् । बाँकी गणना गर्न मत जम्मा ४६७ मत थियो । यो सबै गर्दा म्याक्सिमम् १२० भन्दा बढि देवीको खाताबाट मत घट्ने देखिएन । यसो हुँदा अन्तिम वडा नः २० मा जाँदा देवीको अग्रता ६६४ भन्दा बढि नै कायम हुने देखियो । जुन कांग्रेस र माओवादी केन्द्रका लागि अप्रत्यासित थियो ।
कांग्रेसले माओवादीलाई वडा नः १९ बाट ५ सयदेखि ६ सयसम्म माइनस हुने आश्वासन दिएर डाढस दिएका थिए ।तर माओवादी केन्द्र आश्वस्त हुन सकिरहेको थिएन् ।
एमाले कार्यकर्ता एवम गणकहरुको भनाइ :
वडा नः २० मा ३३०२ मत खसेको छ । यहाँ ३ वटा बुथ थिए ,दद्रेनी, सिमलटाँडी र भिमोदय बुथ । ३ मध्ये दद्रेनी र सिमलटाँडी बुथमा एमाले अघि थियो भने भिमोदयमा कांग्रेस । ३ वटा बुथमा गरेर एमालेको कम्तीमा ११ सय मत आउथ्यो । लिड थियो ६६४ यो सबै जोड्दा १७ सय भन्दा माथि हुनथ्यो । जुन मत गठवन्धनको पराजयका लागि प्रयाप्त थियो । कांग्रेसले जुन जुन वडामा जतिजति फरकमा एमालेलाई हराइन्छ भनेको थियो त्यो अनुमान एउटा पनि वडामा मिलेको थिएन । वडा नः २० भन्दा धेरै मत खसेका वडा नः १५, १७, १८ र २१ मा समेत एमालेले बढिमा ३६१ भन्दा बढि मत तिरेको छैन् । जहाँ ३६ सयको हाराहारीमा मत खसेको थियो । वडा नः १७ मा २८७, १५ मा २३७ मत तिरेको छ । जहाँ कांग्रेसले ५ सयभन्दा बढि मत तिर्नुपर्ने अनुमान गरेका थिए ।
यसैले हतास मनस्थितिमा माओवादी केन्द्रले आफ्ना मानिसहरु लगाई सुनियोजीत रुपमा मतपत्र च्यात्न लगाई पुन निर्वाचन गर्नु पर्ने अडान लिएको एमाले कार्यकर्ताहरु बताउदछन् । यहानिर शंका गर्ने प्रशस्त स्थान छन् । माके गठवन्धनले हार्ने संघारमा पुगेको भनिएको एमाले मतगणनाका लागि तयार हुँदा जित्ने भनिएको गठवन्धन मतगणनाबाट किन पछि हट्यो ?
Tuesday, May 30, 2017
Home
/
News
/
अन्ततः माओवादी केन्द्रले नै च्यातेको रहेछ भरतपुरको मतपत्र,यस्तो सम्भावना देखेर पो च्यातेको रहिछ मतपत्र यस्तो आयो तथ्य सहितको रिपोर्ट
अन्ततः माओवादी केन्द्रले नै च्यातेको रहेछ भरतपुरको मतपत्र,यस्तो सम्भावना देखेर पो च्यातेको रहिछ मतपत्र यस्तो आयो तथ्य सहितको रिपोर्ट
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News