काठमाडौं । भरतपुर महानगरको जारी मतगणना रोकिएको छ । वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा मुचुल्का उठाउने डायरीमा टिपिएको सिल नम्बर र मतपेटिकामा भएको सिल नम्बर फरक देखिएपछि गणना रोकिएको हो ।
यसबारे अहिले छलफल चलिरहेको छ । अब १९ र २० नम्बर वडाको मत गन्न बाँकी छ ।
गणना रोकिनुअघिसम्म मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहाल भन्दा ७८४ मतले अगाडि छन् । देवीले ४० हजार ९८० मत पाएका छन् भने उनलाई पछ्याइरहेकी रेणुको मत ४० हजार १९६ छ ।
Sunday, May 28, 2017
भरतपुरको मतगणना फेरी रोकियो, छलफल जारी
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News