लमजुङ, जेठ १४ – आज मे २८ अर्थात् विश्व महिनावारी सरसफाई दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी मनाईयो । यसै अवसरमा केही महिलाहरुले आफु पहिलोपल्ट रजस्वला हुँदाको अनुभव उज्यालो अनलाइनसँग साँटेका छन् । लमजुङ, सुन्दरबजार नगरपालिकाको पाउँदी निवासी मैयाँदेवीको १२ वर्षको उमेरमा पहिलोचोटी रजस्वाला भयो । रजस्वलापश्चात सात दिन घरको धुरी, घामको मुख नहेरी एउटा अध्याँरो कोठामा बिताएको पल आजपनि उहाँलाई ताजै लाग्छ । ‘बाआमा शिक्षित हुनुहुन्थेन, उहाँहरु अन्धविश्वासमा अल्झिनुभयो’ उहाँले भन्नुभयो ‘रजस्वलाको बेला एक्लै अध्याँरो कोठामा बस्नुपर्यो ।’
उहाँमात्रै नभई विगतमा धेरै महिलाहरुले यो नियति भोग्नु पर्यो । अझैपनि हाम्रो समाजमा महिनावारी भएको महिलाले पकाएको, छोएको खानु हुँदैन । उनीहरुलाई छु्ट्टै राख्नुपर्छ भन्ने मान्यता रहिआएको छ ।
सुन्दरबजारकै ५५ वर्षिया शकुन्तला अधिकारीले भन्नुभयो ‘म पहिलोपल्ट महिनावारी हुँदा गुन्द्रीले बेरेर राखे, १५ दिनसम्म घाम र घरको धुरी हेर्न पाइएन, धेरै दुःख भोग्नुपर्यो ।’
पछिल्ला समय महिलाहरुमा चेतना जागेकाले पनि महिनावारीका बेला हिजोको महिलाले भोग्नुपरेको नियति आजको महिलाले तुलनात्मक रुपमा भोग्नुपरेका छैन ।
मैयाँदेवीको छोरी हुनुहुन्छ । ‘हामी पहिले रजस्वाल हुँदा खेर गएको कपडा प्रयोग गर्दथ्यौ,’ उहाँले थप्नुभयो, ‘तर हामीले जे भोग्यौ, त्यो हामीहरुको छोरीहरुले भोग्नुपरेको छैन ।’ उनीहरु आफ्नो समस्याहरु खुलरै राख्छन् ।
महिलाको यौनीबाट महिना पिच्छे ३ देखि ७ दिनसम्म रगत बग्ने प्रकृयालाई रजस्वला अर्थात महिनावारी भनिन्छ । डा. अशोक चापागाईँ भन्नुहुन्छ, ‘महिनावारी एक स्वभाविक र प्राकृतिक प्रकृया हो ।’ उहाँका अनुसार सामान्यतय : ४५ देखि ५५ वर्षको उमेरमा महिलामा रजस्वला प्रकृया अन्त्य हुन्छ ।
महिलामा स्वास्थ्य समस्या वढ्दो
महिनावारीका विषयमा नोपली समाजमा अनेकन भ्रमहरु फैलाइएको छ । आफूहरुलाई परेको स्वास्थ्य समस्याहरु कतिपयले खुलेर राख्न सक्दैनन । डा. चापागाई थप्नुहुन्छ ‘रजस्वलाको समयमा महिलाहरुले सरसफाईमा ध्यान नदिँदा उनीहरुले थुप्रै स्वास्थ्य समस्याहरु भोग्नुपरेको छ ।’
महिनावारीका वेला सरसफाईमा ध्यान नदिँदा आङ खस्ने, पाठेघरको समस्या महिलाहरुमा देखा पर्ने गरेको समेत उहाँले बताउनुभयो ।
महिनावारी सरसफाईका विषयमा दुरदराजमा रहेका महिला र उनीहरुका परिवारलाई चेतना जागाउनुपर्ने पनि उहाँले बताउनुभयो ।
नानाथरी भ्रमको अर्थ छैन
रजस्वलाका विषयमा अझै पनि हाम्रा समाजमा अनेकथरी भ्रमहरु फैलाएको सरोकारवालाहरु वताउँछन् । रजस्वला हुनु रोग नभई एक स्वाभाविक प्राकृतिक प्रकृया भएकाले यसको सरसफाईमा ध्यान दिनुपर्ने र रजस्वलाका विषयमा निराधार कुराहरु गर्नुको कुनै अर्थ नरहने पनि चिकित्सकहरु बताउँछन । महिनावरी सरसफाईको विषयमा घरका सबै मानिसले थाहा पाउनुपर्ने र पुरुषले पनि यसको व्यवस्थापनमा महिलालाई सहयोग पुर्याउने पर्नेमा सरोकारवालहरु जोड दिन्छन् ।
Sunday, May 28, 2017
Home
/
News
/
‘पहिलो पटक महिनावारी हुँदा गुन्द्रीले बेरेर राखे, १५ दिनसम्म घाम र घरको धुरी हेर्न दिइएन’
‘पहिलो पटक महिनावारी हुँदा गुन्द्रीले बेरेर राखे, १५ दिनसम्म घाम र घरको धुरी हेर्न दिइएन’
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News