यूनाईटेड अरब ईमिरेट्स (यूएई) मा कार्यरत दिनेश खड्काको असामहिक निधन भएको छ । उदयपूर, त्रियुगा नगरपालीका वार्ड न. ८ का दिनेश खड़का गत बर्ष जुलाईमा टुरिष्ट भिसामा यूएई आएका थिए । ७ महीनादेखी उनी “नासर सेरमुनिस् अर्गनाइजिङ् इस्ट” नामक कम्पनीमा कार्यरत थिए ।
घटना मे महिनाको २३ तारिख बिहानको हो । दिनेश कोठामै थिए, उनी एक्कासी छट्पटिन थाले तेसपछी संगै बस्ने साथीहरुले उनलाई अस्पताल लाँदै थिए । अस्पताल लाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो । मृत्युको कारण उच्च रक्तचाप रहेको बताईएको छ । लासलाई फुजेरा स्थित सरकारी अस्पतालमा राखिएको छ ।
कम्पनीले लास नेपाल पठाउन आवश्यक पहलहरू गरीरहेको छ । सवै कानुनी प्रक्रिया पुरा गरी लास नेपाल पठाउन कम्तिमा पनी अझै एक हप्ता लाग्ने कम्पनीले जनाएको कुरा दिनेशकी दिदी ईन्दू न्यौपानेले हामीलाई बताईन् । दिनेशको घरमा बुढी आम, श्रीमती र २ छोरा छन् । उनका एक छोरा ७ बर्षका र अर्का डेढ बर्षका छन् ।
यस घटनाको सम्पूर्ण जानकारी, ‘यूएईको राजधानी आबूधाबीमा कार्यरत मृतक दिनेशकी दिदी (सानी आमाकी छोरी) ईन्दू न्यौपानेले’ हामीलाई दिएकी हुन् ।
Sunday, May 28, 2017
यूएईमा एक नेपालीको असामहिक निधन
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
