Breaking

Monday, May 29, 2017

कतारमा शनिबार सम्म कडा हावाहुरी चल्ने ,


कतारमा यो हप्ताभरी नै कडा हावाहुरी चल्ने भएको छ।यहाँको मौसम विभागले दिएको जानकारी अनुसार कडा हावाहुरी विशेषत मंगलबार देखि बिहीबार सम्म बढी सक्रिय रहनेछ।”अल बवरिह” नाम दिईएको यस उत्तरपश्चिमी वायुको गति ३३ देखि ३७ कि.मी/घन्टा र दिनको समयमा ६४ देखि ८५ कि.मी/घन्टा सम्म रहनेछ।साथै समुद्री छाल पनि ८ देखि १२ फिट सम्म पुग्ने र प्रत्यक्षता पनि घटेर २ कि.मी भन्दा कम रहनेछ ।त्यस्तै तापक्रम पनि बढेर ४५ डिग्री सम्म पुग्नेछ ।


इन्डियन मनसुनको विस्तार र उत्तरी अरबियन पेनिनसुलामा हुने उच्च चापका कारण अल बवरिह वायुको असर गल्फ क्षेत्रमा वर्षेनी पर्ने गर्दछ। लोकल भाषामा भनिने अल बवरीह भन्नाले धुलो अवस्था सृजना गर्ने कडा हावाहुरी बुझीन्छ।यो जुन महिनाको पहिलो हप्ता देखि जुलाई महिनाको बिच सम्म सक्रिय रहने गर्दछ।
कतार मौसम विभागले यस अवधिभर कुनै पनि समुद्री कृयाकलाप नगर्न र सिधा घाम बाट बच्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ।
Source :QNRadio