काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका पदाधिकारीहरूसँग दोस्रो चरणको निर्वाचन मिति सार्ने विषयमा परामर्श गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको परामर्शमा असार १४ गते स्थानीय तहको मिति सार्ने विषयमा कुराकानी भएको हो ।
स्रोतका अनुसार मुस्लिमहरू रमजान पर्वका कारण निर्वाचन मिति असार १४ गतेसम्म सार्नका लागि गृहमन्त्री निधिले सुझाव दिएका थिए ।
यसअघि मंगलबारको मन्त्रिपरिषदले दोस्रो चरणको स्थानीय तहको निर्वाचन मितिलाई जेठ ३१ गतेबाट सारेर असार ९ गते पुगाउने प्रस्ताव निर्वाचन आयोग समक्ष गर्ने निर्णय गरेको थियो ।
आयोगद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मुस्लिमहरूको पर्व रमजानलाई कसरी सम्बोधन गर्ने विषयमा परामर्श भएको उल्लेख छ ।
परामर्शमा प्रधानमन्त्री दाहालका साथै कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनालीको सहभागिता रहेको थियो ।
Tuesday, May 30, 2017
दाहाल, देउवा, निधि र आयोगबीच के–के कुराकानी भयो ?
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
