सुमन पुरी/उज्यालो ।
सुनसरी, रोजगारीका लागि कतार गएका सुनसरी जल्पापुरका हैदर अलि तेश्रो पटक छुट्टिमा घर फर्किने बेला भयो । कतारमा कमाएको पैसाले घर बनाउने र जग्गा जमिन जोड्ने अवधि भयो ।
तर उहाँ अहिले साउदीको जङ्गलमा बिना तलब ऊँट चराउँदै हुनुहुन्छ । ९ वर्ष सम्म घर फर्किन समेत पाउनु भएको छैन । अहिले अलहासाको जङ्गलमा बासी खाना दिएर ऊँट चराउन लगाइरहेको र अहिले सम्म तलब नदिएको बताउनु भएको छ । हैदरलाई कतारबाट दलालले साउदी पुर्याएका हुन् ।
परिवारसँग सम्पर्क गर्न समेत समस्या भएको बताउनु भएको छ । छिट्टै नेपाल फर्काइदिन आग्रह समेत गर्नु भएको छ । हैदरसँग दुइ जना बंगलादेशी र एक जना सुडानी नागरिक छन् । उनीहरुलाई भने साहुले तलब दिइरहेको छ ।
उनीहरु घर जान समेत पाउँछन् तर हैदरलाई भने परिवारसँग सम्पर्क गर्न समेत बन्देज लगाएको छ । ‘साउदीमा छोराले पानी समेत खान पाएन लौन ल्याइदिनु परो’ हैदरका बुवा सखावत अलिले आग्रह गर्नुभयो ।
२४ बर्षको उमेरमा कामका लागि भन्दै सुनसरी सतेर झोडाका फैजवा खान मार्फत कतार जानु भएको थियो । घरको काम गर्नु पर्छ भनिएको थियो । खान बस्न सुबिधा सहित महिनाको ८ सय कतारी रियाल दिने भनेपछि परिवारले सल्लाहा गरेर नै उहाँलाई विदेश पठाएका हुन् ।
छोरो कतार पठाउन शखावतले एजेन्टलाई त्यहीबेला ८५ हजार रुपैयाँ बुझाउनु भएको थियो । घरमा फूल गोड्नुपर्छ, पुछ्पाछ र सरसफाइ गर्नुपर्छ, चिने जानेकै एजेन्टले भनेका थिए । तर हैदरले न घरको काम पाउनु भयो न त तलब नै ।
भनिएको देशबाट समेत अन्तै लगियो । कतार पुगेको सात दिनमा नै हैदरलाई गाडीमा हालेर साउदी लगेर छाडेको परिवारले जनाएका छन् । हैदरका दाजु अयुवले भन्नु भयो, ‘खाना पाइन मर्न लागे निकाल भनेर भन्छ हामीले कसरी निकाल्नु ?’ अयुवका अनुसार हैदर बसेको ठाँउबाट बालुवाको मरुभुमी बाहेक केहि देखिदैन । ऊँट र भेडाको हेरचाह गर्नुपर्छ, भाग्न समेत सजिलो छैन । हप्तामा एक पटक खाना ल्याइदिन्छन् ।
छोरो निकाल्न सबै कार्यालय
बैदेसीक रोजगारीमा गएर अप्फ्ठेरो परेकालाई कसैले सहयोग गर्छ भनेको सुन्नु भयो भने कागज पत्र बोकेर शखावत अलि पुगिहाल्नुहुन्छ । जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय, वैदेशिक रोजगार बिभाग, श्रम मन्त्रालय पुगिसक्नुभयो । तर कसैले सहयोग गरेनन् । छोरो साउदी पुगेदेखि फर्काउन आग्रह गर्नु भएको । ९ वर्ष भयो कसैले फर्काउन सकेनन् ।
भाइ निकाल्न कतार
कतैबाट उपाय नलागेपछि हैदरका दाजु अहिले आफैं कतार जानु भएको छ । तीन लाख रुपैयाँ खर्च गरेर टुरिष्ट भिसामा कतार पुगेका मोहम्मद गिसुदिन केहि दिनमा नेपाल फर्कदै हुनुहुन्छ । कतारमा गएर नेपाली दूताबासमा निवेदन दिएपनि उहाँले भाइ भेट्न पाउनु भएन । लेभरकोर्टमा पनि मुद्दा गर्नु भएको छ ।
तर केहि उपाय लागेन । दूतावासका कर्मचारीले भने, ‘हामीले गर्न सक्ने केहि छैन । तपाईंको मान्छे कतारमा छैन । साउदीमा गएर हामी भेट्न सक्दैनौं ।’ कतार स्थित दूतावासबाट साहुलाई फोन गर्दा समेत फोन उठेन । त्यसपछि परिवार निराश भएका छन् ।
Monday, May 29, 2017
कतार गएका हैदरलाई साउदीको जङ्गलमा ऊँट चराउँदा बासी भात मात्रै
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
