शिव ढुंगाना/उज्यालो ।
ओखलढुंगा, जेठ १६ – स्थानीय तह चुनावमा ओखलढुंगाको लिखु गाउँपालिकामा अनौठा संयोग मिलेको छ । पहिलो संयोग, स्थानीय तहको चुनावमा एकै परिवारका सदस्य वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेद्वार बनेका छन् ।
दोस्रो गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट तीनजना महिला नेतृ एकै वडाबाट एकै पदमा प्रत्यासी बनेका छन् । तेस्रो संयोग लिखु गाउँपालिकाको वडा नं. ८ मा गुरु चेला वडा अध्यक्षका लागि चुनावी मैदानमा छन् ।
के हुन् लिखुका तीन संयोग ?
पञ्चायतकालदेखि नै कम्युनिष्ट आन्दोलनको उर्वरभूमिमा परिचित लिखु इलाका माओवादी द्वन्द्वमामा ओवादीको सेल्टरको रुपमा परिचित थियो । अहिलेको स्थानीय तह चुनावमा एमाले–माओवादी केन्द्रको उम्मेद्वारीमा पनि संयोग जुटेको छ ।
एकः एकै घरमा प्रमुख पदका तीन उम्मेद्वार
नेकपा एमालेले पुराना नेता गोविन्दबहादुर पौडेललाई गाउँपालिका अध्यक्षको उम्मेद्वार बनाएको छ । उहाँका भाइ विशालकुमार पौडेल माध्यमिक तहको शिक्षकबाट राजीनामा गरेर वडा अध्यक्षको उम्मेद्वार बनेका छन् । स्थानीय पार्टी कमिटीले अनुरोध
गरेपछि उहाँले राजीनामा गरेर चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै गोविन्द र विशालकी बहिनी दुर्गा पौडेल सुवेदी नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षको उम्मेद्वार बन्नुभएको छ ।
दुईः एकै वडाका तीन महिला नेतृ तीन पार्टीका उपाध्यक्ष
लिखु गाउँपालिकामा एकै वडाका तीन महिला नेतृ एकै पदमा प्रत्यासी छन् । वडा नं. ९ वडाका तीन महिला नेतृहरु एमालेकी प्रदेश कमिटी सदस्य शान्ता ढुंगेल, कांग्रेसकी नेतृ मन्दिरा दाहाल र माओवादीबाट दुर्गा पौडेल सुवेदी उपाध्यक्षका उम्मेदवार छन् । उनीहरुमध्ये ढुंगेल र दाहाल लामो समयदेखि पार्टी राजनीतिमा छन् ।
तीनः गुरु चेला भिड्दै
साधारणतः गुरु चेला प्रतिस्पर्धी होइनन् । तर यहाँ भने गुरु चेलाको प्रतिस्पर्धा रोचक छ । लिखु गाउँपालिका वडा नं. ८ मा एमालेका विशाल पौडेल र माओवादी–कांग्रेस गठबन्धनका पुरुषोत्तम पौडेल एकै गाउँका र गुरु चेला हुन् । विशालले कखरा
Monday, May 29, 2017
गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा एकै परिवारका
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News


