Breaking

Sunday, May 28, 2017

पोखराको सडकमा भेटियो २ लाख, लिने मान्छे आएन


अन्तिम पौडेल, पोखरा ।

पोखरामा व्यासाय गर्ने दुई महिलाले सडकमा भेटिएको २ लाखको मालिक खोजी गरिरहेको छन ।

चिप्लेढुंगामा व्यवसाय गरेर बस्ने गिता अधिकारी र तारा लुईटेलले सडकमा भेटिएको नगद पैसा कस्को भन्ने पत्ता नलागेपछि अहिले सामाजिक सञ्जालमा आफ्नो फोन नम्बरसहित सुचना निकालेका छन ।

दिउसोको समयमा सडकमा भेटिएको सो पैसा अहिलेसम्म कसैले दाबी गरेको छैन । आफुहरुले सडकमा भेटिएको पैसा फिर्ता गर्न चाहेकाले सो पैसा जस्को भएपनि फोन गरेर लिन आउन भन्दै तारा लुईटेलले आफ्नो नम्बर समेत सार्वजनिक गरेकी छन । लुईटेलले दिएको जानकारी अनुसार २ लाख हराएका व्यक्तिले

९८४६४०६४४५ मा सम्र्पक गरि आफ्नो पैसा फिर्ता लिन सक्नेछन ।

आफुले भेटाएको पैसामा कसैले दाबी नगरे उक्त पैसा नजिकको सामाजिक संस्था वा असाह्यको नाममा बुझाउने योजना रहेको समेत उनले बताईन ।

उनिहरुले गएको बुधवार १ हजार दरका १ सय नोट भएका २ बण्डल चिप्लेढुङ्गाको सडकमा फेला पारेका थिए ।