Breaking

Sunday, May 28, 2017

भरतपुरको मतपरिणामको ताजा अपडेट : रेणु दाहाल वडामा ५७ भोटले जितिन, यस्तो छ भर्खरको नतिजा

काठमाडौं – भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्न लागेको छ । जारी मतगणनामा एमालेका देवी ज्ञवालीले अग्रता लिइरहेका छन् ।

माओवादी केन्द्रकी रेणु दाहालले मतअन्तर घटाइरहेका कारण एमालेका कार्यकर्ता चिन्तित देखिएका छन् भने माओवादी र काँग्रेस गठबन्धनको पनि ढुकढुकी बढेको छ । भर्खरैको भरतपुरबाट लाइटनेपालका लागि माधब पाण्डेले दिएको जानकारी अनुसार एमालेलाई केहि राहत मिलेको कुरा बताएका छन् ।

पछिल्लो नतिजा अनुसार वडा नम्बर १९ का १२ सय ३ मत गनिएका छन् जस मध्य एमालेका देवी ज्ञवाली सन्तोषजनक मत प्राप्त भएको छ ।

भरतपुुर महानगरपालिका अपडेट

मेयर
देवि ज्ञवाली (नेकपा एमाले) ४१४२१
रेणु दाहाल (माओवादी केन्द्र र नेपाली काँग्रेस
गठबन्धन) ४०६६६
बद्रि तिमिल्सिना (राप्रपा) ६६५९

उपमेयर
पार्वती शाह (नेपाली काँग्रेस र माओवादी
केन्द्र गठबन्धन) ४४६४८
दिव्य शर्मा आचार्य (नेकपा एमाले) ३८०६९
रिना गुरुङ (राप्रपा) ७०४७
नेपाली काँग्रेस ५३८
नेकपा एमाले ४८१
माओवादी केन्द्र ८३