Breaking

Monday, May 29, 2017

आँधीः रुसमा ११ जनाको मृत्यु, बंगलादेशमा १० लाख मानिसलाई सुरक्षित ठाउँमा सारिँदै

जेठ १६ – रुसमा आँधीका कारण कम्तिमा ११ जनाको ज्यान गएको छ ।  ६९ जना घाइते भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । यस्तै ५० जनाले चिकित्सा सहयोग माग गरेको खबरमा उल्लेख छ । आँधीका कारण सयौँ रुखहरु भाँचिएका छन् । यस्तै शक्तिशाली आँधी आउन सक्ने भन्दै  बंगलादेशमा १० लाख मानिसलाई सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको छ । बंगलादेशको
पूर्वी तटबाट माेरा नामकाे आँधी आउने सम्भावना रहेको त्यहाँको मौसम विभागले जनाएको छ । आँधीको प्रभाव पर्न सक्ने ठाउँका स्कूल र सरकारी कार्यालयलाई सेल्टर बनाइएको छ भने सर्तकर्ताका लागि ठूलो स्वरमा माइकिंङ पनि भइरहेको बंगलादेशका अधिकारीले बताएका छन् ।