जेष्ठ २६, २०७४- चेलिबेटी बेचविखनको विषयवस्तुमा आधारित गीत 'छानो हाल्ने सपनी....' मा को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका चन्दा देवानको स्वर रहेको यो गीतलाई शंकर थापा स्माइलले संगीत दिएका छन् ।
म्युजिक भिडियोमा नायिका ऋचा शर्मा र रयापर गिरिश खतिवडाले मुख्य भूमिकामा अभिनय गरेका छन् । भिडियोमा अतिथि भूमिकामा सिएनएन हिरो तथा चेलिबेटी बेचविखनविरुद्धको अभियानमा सक्रिय अधिकारकर्मी माइती नेपालकी अनुराधा कोइरालाले अभिनय गरेकी छन् ।
सञ्चारकर्मी विदुर खतिवडाको निर्देशन रहेको यो भिडियोमा सुरेन्द्र केसी मुलासाग, पल्पसा डंगोल, जेनी कुँवर, गोमा केसी, सुजन रेग्मी लगायतको समेत अभिनय छ ।
विदुर पाण्डेको छायाकंन रहेको गीतको शब्द तुलसी बस्नेतले लेखेका हुन् ।
Friday, June 9, 2017
मुम्बईमा बेचिएकी चेलीको कथा म्यूजिक भिडियोमा
Tags
# Story
Nepali Music Video
We Publice Nepali News for the People.
Story
Labels:
Story
