Breaking

Monday, June 12, 2017

कतारमा अमेरिकी डलर अभाव, पैसा पठाउन नेपालीलाई समस्या


जेठ २९ – कतारी बजारमा अमेरिकी डलरको अभाव सुरु भएको छ ।  युएई लगायत सात देशले कतारसँग कुटनीतिक सम्बन्ध तोडेपछि आर्थिक क्षेत्रमा पनि समस्या देखिएको अरब न्युजले जनाएको छ । यसको असर त्यहाँ रहेका नेपालीले पनि भोग्नु परेको छ ।

डलर अभाव भएपछि नेपालीलाई घरमा पैसा पठाउन समस्या पर्ने देखिएको छ । कतारमा झण्डै चार लाख ५० हजार नेपाली कार्यरत छन् । उनीहरुले नेपालमा दैनिक झण्डै एक करोड ३५ लाख रुपैयाँ पठाउने गरेको राष्ट्र बैंकको तथ्याँक छ ।
सात देशले कतारसँग सम्बन्ध तोडेको एकहप्ता बित्दा कतारमा सञ्चित डलर सकिएपछि यसको प्रभाव सुरु भएको हो । सम्बन्ध तोडेपछि लगाएको सामुन्द्रीक र हवाई नाकाबन्दीका कारण कतारकासँगको आर्थिक कारोवार पनि बन्द भएसँगै मुद्रा सटही केन्द्रहरुमा डलरको अभाव भएको हो ।

युएईले यसअघि नै कतारसँग करोबार गर्नेलाई जेल सजाय र जरिवानाको घोषणा गरिसकेको छ । अरु पश्चिमा देशहरुले पनि कतासँग चलिरहेको कारोबार बाहेक कुनै पनि नयाँ आर्थिक कारोबार गरेका छैनन् ।