जेष्ठ २९, २०७४- इरानले कतारलाई पाँच वटा कार्गो विमानमा खाद्यान्न पठाएको छ । इरानी अधिकारीले आइतबार जनाएअनुासर अरबी देशबाट नाकाबन्दी गरिएकाले कतारमा संकट हुन सक्ने भएकाले खाद्यान्न पठाइएको हो ।
‘पाँच वटा कार्गो जहाजमा फलफूल, तरकारीलगायतका ताजा खानेकुरा कतार पठाइएको छ, हरेक विमानले झन्डै ९० टन बोकेका थिए, अरू जहाजमा पनि पठाइनेछ,’ इरानका हवाई प्रवक्ता शाक्रोख नौशाबाडीले भने, ‘त्यहाँको मागअनुसार हामी निरन्तर निर्यात गर्नेछौं ।’ झन्डै ३ सय ५० टन खाद्यान्न पानी जहाजमा राखेर कतारको दायेर बन्दरगाहमा पुर्याइएको उनले जनाए । दायेर इरानबाट कतारको सबैभन्दा नजिकको बन्दरगाह हो ।
अरब क्षेत्रमा यस वर्ष निकै ठूलो कूटनीतिक समस्या देखिएको छ । साउदी अरब, बहराइन, युनाइटेड अरब इमिरेट्स, इजिप्ट र यमनले गत सोमबार कतारमा नाकाबन्दी गरिएको घोषणा गरेका थिए । कतारले अतिवादीलाई सहयोग गरेकाले नाकाबन्दी गर्नुपरेको उनीहरूको भनाइ छ ।
आईएसका सशस्त्र लडाकु समूहलाई भित्रभित्रै सहयोग गरेको, अमेरिका, युरोपेली संघलगायत पश्चिमी मुलुकद्वारा कडा प्रतिबन्ध लगाइएको इरानसँग साँठगाँठ राखेको र मध्यपूर्वका राष्ट्रबीच आपसी मतभेदकारी नीति अवलम्बन गरेको लगायतका आरोपमा ६ अरबी राष्ट्रहरू इजिप्ट, लिबिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बहराइन र यमनका साथै दक्षिण एसियाली राष्ट्र माल्दिभ्ससमेत ७ वटा मुलुकले कतारसँग दौत्य सम्बन्ध विच्छेद गरेका हुन् । ती मुलुकले कतारस्थित आ–आफ्ना कूटनीतिक नियोग वा राजदूतावासबाट राजदूतलगायत सबै कर्मचारी फिर्ता बोलाउनुका साथै आफ्नो मुलुकमा रहेका कतारका सबै कूटनीतिक कर्मचारी एवं नागरिकलाई देश छाड्न आदेश दिएका थिए ।
त्यति मात्र नभई ती राष्ट्रले आफ्नो जलमार्ग, स्थलमार्ग तथा हवाईमार्गका नाका प्रयोग गर्नबाट कतारका पानीजहाज, गाडी तथा विमानलाई प्रतिबन्ध लगाउने तथा आफ्नो देशका सबै विमान सेवाले कतारका कुनै पनि गन्तव्यतर्फ उडान नगर्ने निर्णय लिएका थिए । अझ कतारसँग स्थल सीमा जोडिएको मुलुक युनाइटेड अरब इमिरेट्सले आफ्नो सीमासमेत बन्द गरेको थियो ।
Monday, June 12, 2017
इरानले पठायो कतारलाई खाद्यान्न
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
