Breaking

Monday, June 12, 2017

दक्षिण कोरियामा एक नेपालीलाई पर्यो रु ३० लाखको लोट्टो चिठटा


दक्षिण कोरियामा एक नेपालीलाई पर्यो रु ३० लाखको लोट्टो चिठटा

दक्षिण कोरियामा प्राय दुखद खबर सुन्नु पर्दा र हामिलाई लेख्नु पर्दा सार्है दुख लाग्छ जुन स्वाभविक हो । तर आज भने एउटा सुखद खबर छ । इपिएस प्रणाली अन्तर्गत रोजगारको सिलसिलामा २ बर्ष अगाडी कोरिया आउनु भएको मिलन विश्वकर्म लाई कोरियामा खोलिने
नानुनको लोट्ट्री परेको छ ।
उहाले गत हप्त खोलिएको लोट्टोमा दोश्रो,तेस्रो,चौथो र पाचौ पुरशकार जित्न सफल हुनु भएको हो । उहाले दोश्रो पुरश्कार बाफत झन्डै ३ करोड ८० लाख ७९ हजार ९९० कोरियन वोन प्राप्त गर्नु भएको छ । उहा हाल फोहाङमा एउटा मोल्ड प्लास्टिक कम्पनिमा कार्यरत हुनुहुन्छ । उहा सँग सँगै अरु ६७ जनाले दोश्रो पुरस्कार हात पार्न सफल हुनु भएको छ । उहाले सबै करहरु तिरेर झ्ण्डै नेपाली रु ३० लाख जती पाउनु भएको छ । विगत ६,७ महिना देखी लोट्टो काट्दै आउनु भएको
मिलन विश्वकर्माले यो पल्टक आफैले ल्क्की अन्कहरु छान्नु भएको रहेछ ।
उहालाई लोट्टो पर्दा रात्री कालिन ड्युटिमा , कम्पनीमा काम गर्दै गर्नु भएको रहेछ । लोट्टो पर्दा कामनै छोडेर कोठा जान मन भएको तर राती कम्पनिको जिम्मा आफ्नैमा हुने भएकोले गर्द भोली पल्ट लोट्टो साट्न जानु भएको थियो । सुरुमा लोट्टो पर्दा एउटाै कम्पनिको साथी पवन घिमिरे लाई सुनाउनु भएको रहेछ । साथी पवनको सलाह बमोजिम आफुले आफैलाई समाल्न नसकिरहेको मिलन लाई पवानको साथमा उकत ठाउमा रहेको नोङ ह्यप बैंक / कृषी बैंक बाट रकम प्राप्त गरी नेपाल पठाउन सफल हुनु भइ सकेको रहेछ । उहाले सबै करहरु कटाएर झन्दै नेपाली ३० लाख रुपैया प्राप्त गर्न सफल हुनु भएको छ । उहाले जितेको रकम केहि सामजिक काममा लगाई बाकी राम्रो काममा लगाउने बताउनु भएको छ ।
सुरुमा लोट्टो पर्दा नजिकैको सानो
नोङ्ह्य्प बैंक / NH BANK मा जादा रकम नपाएको तर बैंकको सलाह बोमोजिम ठुलो
नोङ्ह्य्प बैंक बाट चिट्टा सट्नु भएको रहेछ । उहालाई लोट्टो पर्दा बैंकको स्टाफहरुनै छ्क्क परेको र हामिलाई लोट्टो पार्ने उपाय समेत मागेको मिलन बताउनु हुन्छ । बैंकको सलाह बमोजिम उकत बैंकमा खाता खोली नेपालको बैंकमा रकम पठाउनु भएको रहेछ । नोङह्य्प बाहेक अन्य बैंकबाट चिट्टाको रकम पठाउन नपाउने कुरा उहाले हामिलाई बताउनु भयो । उहा परीश्रम सँग सगै भागयमा विश्वास राख्ने र लोट्टो परेपछी कोरियनहरु जो पाही त्यही मान्छे लाई नभनि आफ्नो एरियामा भएको ठुलो नोङह्पको बैंकमा जानु पर्ने सल्लाह दिनु हुन्छ लोट्टो काट्ने साथीहरुलाई । जो कसैलाई लोट्टो परेको सुनाउदा आफ्नै ज्यान लाई खतारा हुने र लुटिने सम्म हुने कुरा सबैलाई जनकारी गराउनु हुन्छ । कोरियन सँग सङगै अन्य दक्षिण कोरियामा कार्यरत विदेशीहरुले हरेक हप्ता लोट्टो काट्ने गर्छ्न । यो लोट्टो कोरियाभर मध्यको ठुलो रकमको चिट्टा कार्यक्रम हो जुन कोरीयन सरकारको अनुमतिमा खेलाईन्छ ।