Breaking

Friday, June 9, 2017

नुवाकोट दरबार चीनले बनाउने

जेष्ठ २६, २०७४- भूकम्पपछि टेकोमा अडिएको पुरातात्त्विक महत्त्वको साततले दरबार चीनले निर्माण गर्ने भएको छ। चीनको सहयोगमा आगामी नयाँ आर्थिक वर्षदेखि निर्माण थालिने पुनर्निर्माण प्राधिकरणका सहसचिव यमलाल भुसालले बताएका हुन्। उनका अनुसार मुलुकभर भूकम्पले भत्काएका सयभन्दा बढी सम्पदा निर्माण भइरहेका छन्।