Breaking

Saturday, June 3, 2017

आमा मेरि आमा, सबै भन्दा महान तिमी मेरि आमा !!!


डि. बि. बुढाथोकी
आमा भन्ने शब्द अपार शब्द हो । जुन शब्दमा प्रेम र बलिदानका अनगिन्ती परिभाषा समाबिष्ट छन । मलाई लाग्छ आमाको प्रशंसा गर्नको लागि यो संसारमा शब्दकोषको नै कमि छ ।जुन यथार्थता हाम्रो भुलक्कड मन मस्तिष्कलाई राम्रो सँग थाहा हुदाहुदै पनि हामी निकम्मा आमाको अपमान गर्दै हिडेका छौ ।कुनै एक बिश्व बिख्यात ब्यक्तिले पनि भन्ने गरेको पाइन्छ । जो मानिसको साथमा आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन ।कुनै एक दुरदराजको गाउँमा एक त्यस्ता जोडि थिए । जहाँ धेरै मानिसहरूको बिचमा छुट्टै एक सभ्य जोडि, जुन जोडिको चालचलनको ज्योतिले गर्दा त्यो गाउँ सबैको प्यारो बनेको थियो । जस्तो सुकै गरिबिको चपेटामा जीवन जिर्न अबस्थामा बिताउन बाध्य भएता पनि सधै हासिलो अनुहार बलिदानको मन मुटु भएका जोडि थिए ।
उनीहरुको त्यो पाइला पछ्याउन खोज्ने गाउँका सबै नै थिए तर सक्दैन थिए । अन्ततः सबै गाउलेहरु पहिल्यैको स्वार्थी, फुट, डाह, पियक्कड पन र आडिसको भावना मै लिप्त हुन्थे ।समयको बहकाब सँगै उनिहरु बाट एक छोराको जन्म भयो । दुर्भाग्यवश छोरा केही बर्ष नहुदै बाउको मृत्यु हुन पुग्यो ।  परिवारको सम्पुर्ण खर्च जुटाउने घरको अभिभावक नै नरहे पछि छोरा सँग आमालाई धेरै संघर्षको सामना गर्न पर्यो ।सम्पत्तिको नाममा केवल एउटा माटोको घर वरिपरि करेसा वारि एक कट्टा जमिन त्यही जमिनमा आठ दशवोटा कुखुरा एउटा दुहुनो भैंसी सिबाय अरु केही थिएन । आयस्रोत भनेको अरु के नै हुन्थ्यो र ? जति थियो त्यसैमा आमाले रातदिन नभनि मेहनत गरेर छोरा र आफ्नो जिविकोपार्जन चलाकी थिइनँ ।कडा मेहनत गर्दै, छोरा बिग्रेलाकी भनेर हरेक समय सचेत रहन्थिन । छोरालाई राम्रो संस्कार दिदै एक अनुकरणीय ब्याक्तित्व बनाउने उनको व्यग्र इच्छा त्यतिकै स्खलित हुन पुग्छ । छोरा दिन प्रतिदिन ठूलो हुँदै गयो । उमेर छिप्पिदै जादा आमा भन्दा उसलाई गाउँका साथि भाई प्यारा लाग्न थाले । आमाको दु:ख सँग कहिले सहपाठी बनेन ।
उल्टै खानेकुरामा होस वा आफुले चाहेको अन्य कुरा समयमा नपाउदा आमालाई आँखा देखाउदै रिसाउने र गाउँ तिर डुलि हिड्ने बानी लाग्यो । “संगत गुणाको फल” भने झै दिनप्रतिदिन उसका साथीहरू सँगै उ पनि कुलतमा फस्दै गयो ।  कुलतमा यसरि फस्न गयो कि उ एकछिन पनि जाड रक्सि बिना बाच्न नसक्ने भैसकेको थियो ।भलै जति कुलंगार भएपनी आमाले कहिल्यै गाली गर्नु भएन । सुध्रिला कि भनेर आशाको दियो बाल्दै माया द्धारा हरेक दिन सम्झाउदै पर्खनु भयो । आमाको अर्ति उपदेशले उसलाई कुनै प्रभाव पारेन । केही दिन पछि उ स्कुल पनि जान छोड्यो । पियक्कडपन मै लिप्त हुँदै गयो । आमा भने यता मध्य रात सम्म छोरालाई कुर्दा पनि नआउँदा भक्कानियर रुदै खाली पेट रात गुजार्नु हुन्थ्यो । हरेक दिनरात छोराको पिरले पिरोल्थ्यो ।

एकदिन अकस्मात खबर आयो । छोरा बिरामी भएर उसको साथीहरूले हस्पिटल पुर्याएका छन रे भन्ने । आमा रुदै चिच्याउदै हस्पिटल पुग्नु भयो । छोराको लागि भनेर धेरै मेहनत गरि कमाएको पैसा पटुकीबाट निकालेर हस्पिटलको खर्च तिर्दै रिपोर्ट लिनु भयो ।
रिपोर्ट हेर्दा रक्सीको कारण मृगौला खराब भएको र तत्काल उपचार नगरे मृत्यु हुने खतरा देखियो । छोराको जीवन बचाउन अब उनलाई चानचुने कुरा थिएन । मृगौलाको उपचार धेरै महँगो भएको हुदा उनलाई यो कुरा फलामको चिउरा चपाउनु भन्दा कठिन थियो । साँझ हुदो उनि उदास हुँदै घर फर्किइन । उनलाई न भोक लाग्यो न त निन्द्रा नै । रातभर छोराको पिरले सुत्न पनि सकिनन ।

भोलि पल्ट बिहानै उनी छोरालाई जसरी भए पनि जीवन दिने मनसायले आफ्नो एउटा मृगौला बेचेर अर्को मृगौला छोरालाई प्रत्यारोपण गर्ने सम्झौता गर्न निस्केकी थिइन । सम्झौता पनि सोचेजस्तै भयो । एउटा मृगौला बेचेको पैसाले अर्को मृगौला प्रत्यारोपण साथै सम्पुर्ण औषधि खर्च बेहोर्ने सर्तमा सम्झौता भयो । भोलि पल्ट आमाको एउटा मृगौला छोरालाई प्रत्यारोपण गरियो भने अर्को बेचियो अन्ततः आमाले छोरालाई जिबन दिनको निम्ति हास्दै मृत्युलाई अंगालिन ।जब छोराको उपचार सकिएर डिस्चार्ज हुन्छ, तब उसको आफ्नो आमाको लास पनि नजिकै देख्छ । उ रुदै आमालाई हेर्दा एउटा पत्र पाउछ ।छोरा तिमी जिबन प्राप्तिको लागि मृत्यु सँग लडिरहेको देख्दा मेरो मनले कत्ति मानेन, जसरी पनि मैले तिमिलाई अर्को जीवन दिने अठोट गरे । यदि म यसो नगर्दो हु त म चैन सँग बाच्न सक्ने पनि थिएन होला ।
केही दिन मै तिम्रो बियोगले मर्ने नै थिए । छोरा यो त केवल तिम्रो आमाले तिमि प्रति गर्ने प्रेम र बलिदान मात्र हो । छोरा म रुदै तिम्रो मृत्यु देख्नु भन्दा आफू हास्दै मृत्युलाई अंगालेर तिमिले जीवन पाएको देख्न चाहे । छोरा अब उप्रान्त तिम्रो जीवन बुवाको जस्तै सबैको मन जित्ने कार्य बलिदान गरेर जिउनु ।खराब संगत छोडेर अर्थपूर्ण जीवन जिउनु ।उहीँ तिमिलाई अनन्तकाल सम्म माया गर्ने तिम्रो आमा ।।।।।।

Source tajanepalinews