१ लाईक १ सेयरको लागी कन्जुसाइ नगर्नु होला ताकी संसारले थाहा पाउने छन्जेठ २२ गते काठमाडौंमा चौथो परियोजनाको अवधारणा सार्वजनिक गर्ने धुर्मुस–सुन्तलीको तयारी छ । चौथो परियोजना नेपाललाई विश्वमा चिनाउने ‘नमुना नेपाल’ निर्माण गर्ने उनीहरुको योजना छ ।
‘जुन परियोजनाले पुरा नेपालको झल्को दिनेछ र पर्यटन प्रबर्द्धनको लागि महत्वपुर्ण टेवा पुग्नेछ भन्ने हामीले आशा राखेका छौं । सिंगो देशका सम्पुर्ण जातजातिहरुको सांस्कृतिक प्रतिनिधित्व हुनेगरी पीडित परिवारहरुको साझा थलो हो नमुना नेपाल,’ धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
