बीबीसी
जेठ २१ – सेन्ट्रल लण्डनको इलाकामा रहेको लण्डन ब्रिज र बरो मार्केटमा शनिबार राती भएको हमलामा मारिनेको संख्या ६ पुगेको छ ।
यसका साथै, बेलायतका पुलिसको दाबी अनुसार तीन हमलाकर्तालाई गोली हानी हत्या गरिएको छ ।
सेन्ट्रल लण्डनको इलाकामा रहेको लण्डन ब्रिजमा पैदल हिँडिरहेका मानिसहरुमाथि एक भ्यानमार्फत हमला भयो ।
लण्डन ब्रिज नजिकै बरो मार्केटमा छुरी हानेको खबर पनि छ । पुलिसले यी घटनालाई ‘आतंकवादी हमला’ बताएको छ ।
पछिल्लो तीन महिनामा लण्डनमा यो तेस्रो हमला हो ।
अहिलेसम्म थाहा भएका जानकारीः
१. लण्डन ब्रिजमा शनिबार राती स्थानीय समयानुसार १० बजेर ८ मिनेट जाँदा एक सेतो भ्यानले थुप्रै पैदलयात्रुलाई ठक्कर दिएको छ ।
२. यो इलाका नजिकै रेलवे स्टेशन बन्द गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार भ्यान पुलको फुटपाथमा चढेको थियो ।
३. घटनाका बेला उपस्थित बीबीसीका संवाददाता हाली जोन्सका अनुसार भ्यानको गती ५० मिल प्रतिघण्टा भएको हुनुपर्छ ।
४. पुलिसका अनुसार घटनामा ६ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढि घाइते छन् । घटनास्थलमा थुप्रै एम्बुलेन्स पनि पठाइएको छ ।
५. पुलिसले गोली पनि चलेको पुष्टि गरेका छ । एक व्यक्तिले बीबीसीलाई दिएको जानकारी अनुसार लण्डन ब्रिजबाट मार्केटतर्फ दौडेर आइरहेका मानिसहरुले तीन व्यक्तिलाई छुरा रोपेका थिए ।
अहिले के भइरहेको छ ?
१. घाइतेहरुको लण्डन ब्रिजमा नै उपचार गरिएको छ र उनीहरुलाई घटनास्थलबाट हटाइँदै छ । बरो मार्केटमा सशस्त्र पुलिस तैनाथ छन् ।
२. यो मार्केट लण्डन ब्रिजको दक्षिणी किनारामा छ । पुल र इलाकाको घेराबन्दी गरिएको छ । ट्रेन लण्डन ब्रिज र बरो स्टेशनमा नरोकिकनै अगाडि बढिरहेको छ ।
३. पुलिसले बरो मार्केटमा पर्ने बार र रेष्टुरेन्टलाई खाली गराइरहेको छ । सप्ताहको अन्त्यमा यो इलाका निकै भीडभाड हुन्छ । विशेषगरी शनिबार राती ।
४. पुलिसको समूहले टेम्स नदीमा खोजी अभियान जारी गरेको छ । हमलाका बेला नदीमा कोही खसेको आशंकामा यस्तो गरिएको हो ।
५. प्रधानमन्त्री टेरिजा मे र लण्डनका मेयर साकिब खानलाई घटनाबारे नियमित अपडेट गराइएको छ । उनीहरुले यस विषयमा आपतकालीन बैठक बोलाएका छन् ।
६. प्रधानमन्त्री टेरिजा मे सरकारको कोबरा इमर्जेन्सी कमिटीको मिटिङ आइतबार गर्नेछिन् । लण्डनका मेयर पनि यो मिटिङमा समावेश हुनेछन् ।
हमलामा अन्तर्राष्ट्रिय प्रतिक्रिया आउन सुरु भएको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले उनको देश बेलायतको समर्थनमा रहेको बताएको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका बेलायतलाई सक्दो सहयोग गर्ने बताएको छ ।
Sunday, June 4, 2017
लण्डन हमलाः तीन हमलाकर्तालाई गोली हानियो, अहिलेसम्म थाहा भएका ११ विशेष जानकारी
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News



