जेठ २२, एजेन्सी – उत्तर कोरियाले संयुक्त रास्ट्रसंघले आफूविरुद्ध लगाएको नाकाबन्दीलाई तुच्छ गतिबिधि भन्दै आफ्ना आणविक तथा क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाइ अघि बढाउने भएको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले अमेरिकाद्धारा तयार पारिएको संकल्प प्रस्तावलाई शुक्रबार एकमतले पारित गर्दै उक्त कोरियाका केही उच्च अधिकारी तथा संस्थामाथि लक्षित गरी प्रतिबन्ध लगाउने घोषणा भएको थियो ।
प्रस्तावमा प्योयाङका संदिग्ध जासुस प्रमुख, १३ अन्य अधिकारी र ४ वटा संघसंस्थालाई प्रतिबन्ध लगाउने कालोसूचीमा राखिएको छ । उनीहरुले अन्य देशको भ्रमण गर्न पाउने छैनन् ।