साढे नौ महिनाको आफ्नो कार्यकालको समीक्षा गर्दै स्वास्थ्य मन्त्रालयबाट मन्त्री गगन कुमार थापा मन्त्रालयबाट बिदा हुने कार्यक्रम थियो आइतवार । स्वास्थ्य मन्त्रालयको हलमा पत्रकारहरु खचाखच थिए । जब पत्रकार सम्मेलन सुरु भयो आफ्नो साढे नौ महिने कामको मुल्यांकन गनुपूर्व उनले सभापति देउवा भन्दा पनि बढी खुलेर प्रंशशा गरे प्रधानमन्त्री प्रचण्डको ।
प्रधामन्त्री प्रचण्डले आफूलाई काम गर्न सहयोग गरेको बताउँदै उनले प्रचण्डको गुणगान गाए । उनी यससँगै उनले आफ्नो श्रीमती डा अञ्जना केसीको प्रंशशामा केही बव्द खर्चिए । पत्रकारहरुका बीचमा थापाले जीवनसाथी डा अञ्जना केसीको पनि कार्यक्रममा खुलेर प्रशंसा गरे।
आफ्नो पेशासँगै घरपरिवार सम्हाल्दै उपयुक्त सल्लाह–सुझावसहित सहयोग गरेको भन्दै धन्यवाद दिए। मन्त्री थापाले गरेको प्रशंसा पछाडि बसेर सुनिरहेकी डा अञ्जना भने भावुक भएकी थिइन्।
उनीसँगै बसिरहेका चिनजानका व्यक्तिले धाप मारेपछि उनले खुसीको आँशु थाम्न सकिनन् ।
Monday, June 5, 2017
मन्त्रालयमै पुगेर गगन थापाका अगाडि उनको जीवन साथी अञ्जनाले आँशु बहाएपछि
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
