तरहरा /मानिसहरु बिहानै उठेर मर्निङ वर्क गइरहेका,कोही भने पेट घटाउँन कुदिरहेका,कोही ब्याडमिन्टन खेलिरहेका हुन्छन् । यतै कतै एक युवक आफ्नो र श्रीमति छोराछोरीको पेट पाल्नका लागी बिहानै दैनिक लगायत बिभिन्न दैनिक,साप्ताहिक,मासिक पत्रपत्रिका साइकलको हेण्डिलमा झुन्ड्याएर एक खुट्टाले साइकल चलाउँदै बितरण गरिरहेका भेटिन्छन् भने दिउँसो यिनै युवक तरहराको एउटा सानो झुपडीमा भाडा लिएर साइकल मर्मत गर्दै गरेको भेटिन्छन् ।
यो काम २५ बर्षीय मनोज पौदारको लागि दैनिकिको चर्या हो ।२०४८ भदौ ५ गत्ते सुनसरीको भोक्राहामा बाबु रामदेव पौदार र आमा सरस्वति देवि पौदारको कोखबाट जन्मेका मनोज पौदार अहिले एक खुट्टाले साइकल चलाएर बिभिन्न पत्रपत्रिका बितरण गर्र्दै आएका छन् । उनको टिमर रोग भई पाँच बर्ष अगाडी बायाँ खुट्टा काट्नुपरेको थियो ।
अहिले उनको एउटा खुट्टा छैन एक खुट्टाले साइकल चलाएर बिभिन्न पत्रपत्रिका बितरण गर्दै आएका छन् । बिहान पत्रिका बितरण गर्छन् भने दिउँसो बिग्रेको साइकल मर्मत गर्ने काम गर्दै आएका छन् ।
बिहान चारै बजे उनी उठ्छन् र एक खुट्टाले साइकल चलाएर नागरिक दैनिक,मर्निङ्ग टाइम्स लगायतका बिभिन्न दैनिक,साप्ताहिक,मासिक पत्रपत्रिका बितरण गर्छन् । पौदारले यसरि नै आफ्नी २० बर्षे श्रीमति र डेढ बर्षे एक छोरीको परिवारलाई पाल्र्दै आएका छन् ।
उनको खुट्टा काटिएपछि उनलाई परिवारले समेत यातना दिएकोले परिवारसँग छुट्टिएर बस्न बाध्य भएको उनी गुनासो गर्छन् । उनले खुट्टा काटिएको एक बर्षपछि बाबुआमाले लौकिकि सोह्र बर्षीय पुनम पौदार सँग विवाह गरिदिए ।
त्यसपछि उनी तरहरा आएर साइकल मर्मत गर्ने काम सिके र पछि उनले अरुकोमा काम गरेर खान नपुग्ने रहेछ भन्ने सोचेर एउटा कोठा भाडामा लिएर साइकल बनाउँने काम गरे ।
तिन कक्षामै पढ्दाखेरि उनको खुट्टा काटिएपछि घरबाट पनि अपहेलित भएका पौदारलाई कसैले पढ्नुपर्छ भनेर ज्ञान दिलाएनन् । उनी आँफुले पढ्न नपाएकोमा पछुताउँछन् पनि । आँफुले पत्रिका बितरण गरेर उब्रेको पत्रपत्रिका पढेर अक्षर चिन्ने काम गरिरहेको उनले बताए ।
उनको लागि कुनै चार्डबाड आउँदैन । न दशैँ न तिहार । उनी आफुँले गरेको कामले परिवारलाई खान लाउँन पुगेकोमा सन्तुष्ट छन् ।
उनी भन्छनर्् मैले पत्रिका बितरण गरेर र साइकल बनाएर कुनै महल बनाउँनु परेको छैन,खान र परिवार पाल्न पुग्छ, म यतिमै सन्तुष्ट छु ।’ उनले पत्रिका बितरण गरेर घरबाट तिर्छन् भने साइकल बनाएर घरपरिवारमा मुख जोड्ने गरेको उनी बताउँछन् ।
हाम्रो समाजमा अझै पनि अपाङ्ग मानिसहरुलाई अपहेलना गर्ने कुरा कुनै नौलो भने हैन पौदारलाई पनि कति मानिसहरुले अपाङ्ग रहेछ यसले के गरि खान्छ र भन्ने गरेको गुनासो गर्छन् पौदार । तर यिनै पौदार समाजमाा रहेका युवाहरुको लागी उदाहरणीय पात्र हुन् । पौदारले गरेको कामबाट अन्य युवाहरुलाई प्रेरणाको स्रोत समेत बन्ने गरेको छ । पूर्वेली न्युज