Breaking

Sunday, June 4, 2017

किन परे कारवाहीमा युएईका ५३ हजार कम्पनी


जेठ २१, युएई । युएईमा झण्डै ५३ हजार निजी कम्पनीहरु कारवाहीमा परेका छन् ।

कम्पनीहरुले काम गर्ने अनुमती पत्र दिँदा प्रक्रिया नपुर्‍याएको र नविकरण पनि समयमा नगरेको भन्दै युएईको मिनिष्ट्रि अफ ह्युमन रिर्सोसले ५२ हजार ७ सय ६५ कम्पनीलाई कारवाही गरेको गल्फ न्युजले उल्लेख गरेको छ ।

कारवाहीमा पर्ने कम्पनीहरुमा पनि १५ प्रतिशत कम्पनी मात्रै मिनिष्ट्रिको तथ्याङ्कमा छन् । कम्पनीहरुलाई एक जना कामदार बराबर २ हजार दिर्हाम जरिवाना हुने छ ।