Breaking

Saturday, June 10, 2017

सडकमा रहेका कुकुरको उपचारमा भिक्षुणीहरु

काठमाडौं, जेठ २७

सडकमा वेवारिसे अवस्थामा रहेका कुकुरहरुले पनि उपचार पाएका छन् । काठमाडौंमा वेवारिसे अवस्थामा रहेका २ सय १२ वटा कुकुरलाई लिभ टु लभ इन्टरनेशनल र परम पावन धर्म गुरु ग्यालवाङ ढुुक्पा रिन्पोचेको सहयोगमा सडकमै गएर उपचार गरिएको हो ।  
नार्गजुना-६, रामकोमा टु्रक अमिताभ माउन्टेन (सेतो गुम्बा) का भिक्षुणीहरु र योङ ढुुक्पा एसोसिएसन नेपालको संयुक्त आयोजनामा स्वयम्भु, सितापाइला, आद्धेश्वर, गैरीगाँउ र ठूलो भर्याङ क्षेत्रमा रहेका कुकुरहरुलाई रेबिजको सुई र लुतोको औषधी लगाइएको होे ।
यस क्षेत्रमा दिन दिनै सडक कुकुरहरुको संख्या बढेको र सडकमा हिँड्ने यात्रुलाई टोक्ने गरेको कारण रेबिजको सुई लगाइएको हो । काठमाडौंको सडकमा कुकुरको संख्या नबढोस् भनेर केही कुकुरहरुको स्थायी बन्ध्याकरण समेत गरिएको थियो ।
आगामी दिनहरुमा पनि सडक कुकुरको उपचार र उद्धार गर्ने कार्य निरन्तर जारी राख्ने र स्रोत र साधनले भ्याएसम्म यस कार्यलाई काठमाडौंको अन्य ठाउँहरुमा पनि गर्ने भिक्षुणी तेन्जीले बताउनुभयो । यस कार्यले सडक कुकुरहरुको संख्यामा कमि आउने विश्वास उहाँहरुको छ ।