काठमाडौं, जेठ २७
आठौं कोरियन भाषा परीक्षा अर्न्तगत शनिबार भएको परीक्षामा गलत सूचनालाई आधार मान्दा केही परीक्षार्थी परीक्षा दिनबाट बञ्चित भएका छन् ।
यहि जेठ १९ गते इपिएस कोरिया शाखाको वेब साईटमा २६ नम्बर परीक्षा केन्द्र एसियन इष्टिच्युट अफ म्यानेजमेन्ट खुमलटार ललितपुरबाट परीक्षा दिने परीक्षार्थीको सिम्बोल नम्बर फरक पर्दा यस्तो समस्या भएको इपिएस कोरिया शाखाले जनाएको छ ।
शाखाका अनुसार फरक सिम्बोल नम्बर केही घण्टासम्म शाखाको वेबसाईटमा रहेको र त्यहि सूचनालाई आधार मानी परीक्षार्थी फरक समयमा परीक्षा दिन आएकाले उनीहरु परीक्षाबाट बञ्चित भएका हुन् । सिम्बोल नम्बर १००७२८७३ देखि १००७३५५८ सम्मका परीक्षार्थीहरु मध्ये केही परीक्षार्थीले परीक्षा दिन नपाएका हुन् ।
इपिएस कोरिया शाखाले शनिबार विज्ञप्ती जारी गरि यस विषलाई गम्भीर रुपमा लिएको र केन्द्रीय समन्वय तथा अनुगमन समिति र एच. आर. डी सर्भिस अफ कोरियासँग समन्वय गरि चाडै परीक्षा गराउने तयारी भैरहेको जनाएको छ ।
साथै आइतबार हुने परीक्षाका लागि शाखाले २६ नम्बर परीक्षा केन्द्र एसियन इष्टिच्युट अफ म्यानेजमेन्ट खुमलटार ललितपुरबाट परीक्षा दिने परीक्षार्थीलाई जेठ १९ गतेको गोरखापत्र वा इपिएस कोरिया शाखाको वेबसाईटबाट सहि जनाकारी लिएर तोकिएको समयमा परीक्षामा सहभागी हुन अनुरोध गरेको छ ।
Saturday, June 10, 2017
इपिएस कोरिया शाखाको लापरबाही, गलत सूचनाले परीक्षा दिन पाएनन्
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News