अधिकारी आइतबार राति १० बजेसम्म फेसबुक चलाइरहेको र अन्धकारमा खिचेको फोटो फेसबुकमा अपलोड गरी मेरो जीवन लेखिएको उनका साथीहरुले बताए । उनी कार्यरत कम्पनीमा १० जना नेपाली छन् । अधिकारी कोठामा एक्लै बस्दै आएका थिए । केहीअघि मात्र कम्पनीले लैजाने सामूहिक पार्टीमा अधिकारी निकै खुशी हुदै नाचेको उनका साथीहरुले बताएका छन्।
नेपाली दूताबासबाट घटनास्थलमा अहिलेसम्म कोही पनि आइनपुगेको सँगै काम गर्ने साथीहरुले बताए ।
कोरियामा झुन्डिएरु आत्माहत्या गर्नेको संख्या उच्च छ । यस्ता घटनालाई न्युनीकरण गर्न दूताबासलगायत विभिन्न नेपाली संघसंस्था र चिकित्सकहरु बेलाबेला विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
