फाइल तस्वीर
तेहरान, जेठ २४ । इरानको संसद भवनभित्र आक्रमण भएको छ । बन्दुकधारीले संसद भवनभित्र गोली चलाएको बताइएको छ ।
स्थानीय समाचार एजेन्सीहरुका अनुसार बुधबार बिहान संसद भवनमा बन्दुकधारी प्रवेश गरी त्यहाँ तैनाथ सुरक्षाकर्मीमाथि गोली प्रहार गरेको हो ।
बन्दुकधारी कति संख्यामा छन् भन्ने प्रष्ट भइसकेको छैन । केही संचारमाध्यमले संसद भवनमा केहीलाई बन्धक बनाइएको जनाएका छन् । तर यसबारे विस्तृत विवरण आइसकेको छैन ।
हमलामा कसको संलग्नता छ र उसको उद्देश्य के हो भन्ने पनि प्रष्ट भइसकेको छैन ।
एक सांसदले मयसाम बिजार नाम गरेका स्थानीय पत्रकारलाई दिएको जानकारी अनुसार संसद भवनमा चार बन्दुकधारी छन् । उनले हमलामा आठ जना घाइते भएको पनि बताए ।
तर केही अघि संसद भवनभित्र एकजना हतियारधारी रहेको बताइएको थियो ।
इरानको समाचार एजेन्सी ‘आइआरआइबी’ ले एक सांसदलाई उद्धृत गर्दै जनाएअनुसार ‘एके–४७’ हतियारसहित हमलाकारी संसदमा प्रवेश गरेका हुन् । ती सांसदले तीन हतियारधारीलाई आफूले देखेको पनि बताएका छन् । (एजेन्सी)
Wednesday, June 7, 2017
इरानको संसद भवनमा बन्दुकधारीद्वारा आक्रमण
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
