जेठ २६ – नुवाकोटबाट वैदेशिक रोजगारीमा गएकाका श्रीमतीहरुले आफूलाई समाजले नराम्रो दृष्टिले हेर्ने गरेको भन्दै गुनासो गरेका छन् ।
जिल्ला समन्वय समितिको कार्यलय सुरक्षित वैदेशिक रोजगारीका लागि सामी परियोजनाले गरेको कार्यक्रममा सहभागी परदेशीका श्रीमतीले समाजको हेराइको दृष्टिकोण गलत भएको बताएका हुन् ।
अप्सरा गिरीले वैदेशिक रोजगारमा गएका श्रीमानका महिलाहरुलाई गाउँलेहरुले सफा लुगा लगाउँदा, बजार जाँदा नराम्रो नजरले हेर्ने अनि कोही पुरुषसँग बोल्दा र फोनमा कुरा गर्दा शंका गर्ने गरेको भन्दै यस्तो सोच फेरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ४० जनाको सहभागिता थियो । वैदेशिक रोजगारमा जाँदा पर्ने समस्या र त्यसको न्यूनिकरणको बारेमा छलफल भएको कार्यक्रम सामी परियोजनाका जिल्ला संयोजक कमल रोकायाले गर्नुभएको थियो ।