Breaking

Friday, June 9, 2017

पेशेवर चोर पक्राउ, कारागारबाट छुटेको एक हप्तामै चोरी


काठमाडौं, जेठ २६ – महानगरीय प्रहरी परिसर ललितपुरले एकजना पेशेवर चोरलाई पक्राउ गरेको छ । ललितपुरको गुसिंगाल स्थित रामनाथ यादवको कोठाको ताल्चा फोरेर धनमाल चारी गर्ने बारा निजगढ घर भई काठमाडौं टेकु बस्ने दिनेश थापालाई पक्राउ गरेको हो । उनले यादवको कोठाबाट सुनकोे चुरा ४ वटा, सुनको मंगलसुत्र २ वटा, सुनकोे झुम्का २ जोर, सुनको औठी १ वटा, चाँदीेको पाउजु २ जोर चोरेका थिए ।

थापाको कोठाबाट प्रहरीले सुन ठूलो तिलहरी १ वटा, सुनको नौ गेडी १ वटा, सुनको बाला ठूलो १ वटा, सुनको  चुरा  २ वटा, सुनको सिक्री १ वटा, सुनको कालो पत्थर जडित लकेट १ वटा, झुम्का २ जोर, सुनको सानो पत्थर र मसिनो सेतो पत्थर जडित सानो नेक्लेस १ वटा, सुनकोे चन्द्रमा १ वटा, सुनकोे बाला सानो १ वटा, सुनको औठी १ वटा र दिनेश थापाको नागरिकता र पासपोर्ट बरामद गरेको छ ।

उनी २०६९ सालमा चोरी गर्दा गर्दै ललितपुरबाट पक्राउ परेका थिए । त्यस्तै गएको वैशाख ८ गते टेकु चोरी गर्दा गर्दै उनी पक्राउ परेका थिए । चोरी मुद्दामा उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ५० हजार रुपैयाँ धरौटी माग गरिएको धरौटी नबुझाएपछि गएको वैशाख २९ गते कारागार चलना भएका थिए । उनी एक हप्ताअघि मात्रै कारागारबाट छुटेका थिए ।