Breaking

Thursday, June 8, 2017

बेलायत चुनाव : कन्जरभेटिभ ठूलो दल हुने तर बहुमत गुम्ने संकेत


काठमाडौं, जेठ २६ – बेलायतमा भएको संसदीय चुनावको प्रारम्भिक नतिजाले सत्तारुढ कन्जरभेटिभ पार्टी सबैभन्दा ठूलो दल बन्ने सम्भावना देखिएको छ । तर चुनावमा प्रधानमन्त्री थेरेसा मे नेतृत्वको कन्जरभेटिभ पार्टीले बहुमत भने गुमाउने देखिएको छ ।

ताजा मतपरिणाममा बिपक्षी लेबर पार्टीले सुधार गर्दै केही सीट बढाउने देखिएको बिबिसीको खबरमा उल्लेख छ । स्पष्ट बहुमतका लागि ३२६ सीट जित्नु पर्नेछ । संसदको ६ सय ५० सीटका लागि भएको चुनावको मतपरिणाम शुक्रबार दिउँसो सम्ममा आउने अपेक्षा गरिएको छ ।