जेठ २३ – आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासीले बुङ्दिकाली गाउँपालिकामा वैदेशिक रोजगारी सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम दिएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ र ६ मा दुई दिने अभिमुखिकरण तालिम दिएको दिएको हो । तालिममा साविकका दुई गाविसका एक सय ३० जना युवाहरु सहभागी थिए ।
कार्यक्रममा साविकको रुचाड गाविसका ६० जना युवाको सहभागीता रहेको थियो । कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन अपनाउनु पर्ने सचेतना र सीपको महत्वका साथै स्थानीय स्तरमा गर्न सकिने कामका विषयमा छलफल भएको थियो ।
साबिकका नरम र रुचाड गाविसको आर्थिक सहयोगमा भएको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम पछि दुवै वडामा सल्लाहकार समिती र वडा कमिटी पनि गठन गरिएको छ । बुङदीकाली गाउँपालिका ४ का नवनिर्वाचित वडा अध्यक्ष मनबहादुर सारुले कार्यक्रममा बोल्दै आप्रवासी कामदारको हकहितका लागि सधैं लागि पर्ने बताउनुभयो ।
Tuesday, June 6, 2017
नवलपरासीमा वैदेशिक रोजगारी सम्बन्धी दुई दिने तालिम
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News