Breaking

Tuesday, June 6, 2017

धादिङ दुर्घटनामा थप एकको मृत्यु, स्थानीय बासिन्दा आन्दोलित

धादिङ, जेठ २३ – धादिङको पृथ्वीराजमार्ग अन्तरगत थाक्रे गाउँपालिका-२, सिम्लेमा मंगलबार माइक्रोबसले पैदल यात्रुलाई ठक्कर दिँदा ज्यान जानेको संख्या दुई पुगेको छ ।  

थाक्रे गाउँपालिका–२, की ३० वर्षकी बन्दना परियारको घटनास्थलमै र २५ वर्षकी गंगा थापाको उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको हो । अत्याधिक गतिमा गुडेको माइक्रोबसले विपरित दिशामा रहेको सडक किनारमा पुगेर तीन जना पैदलयात्रुलाई ठक्कर दिएको थियो । उनीहरु तीनै जना एक सहकारीको बैठकमा गएर घर फर्कंदै थिए ।
गम्भीर घाइते सुष्मा थापालाई उपचारको लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको छ । दुर्घटना चालकको लापर्वाहीले भएकोले स्थानीय बासिन्दा सडक अबरुद्ध गर्दै निस्पक्ष छानविन र कारबाहीको माग गरेका छन् ।