जेष्ठ २४, २०७४- खाडीका प्राय: देश तथा माल्दिभ्सलगायत सात मुसलमान बहुल राष्ट्रले कतारसँग दौत्यसम्बन्ध विच्छेद गरे पछि उत्पन्न कूटनीतिक समस्या सुल्झाउन कुवेतले मध्यस्थता गर्ने चासो देखाएको छ ।
आईएसका लडाकु समूहलाई भित्रभित्रै सहयोग गरेको, अमेरिका, युरोपेली संघलगायत पश्चिमी जगत्द्वारा कडा प्रतिबन्ध लगाइएको इरानसँग साँठगाँठ राखेको र मध्यपूर्वका राष्ट्रबीच मतभेदकारी नीति अवलम्बन गरेको आरोपमा ६ अरब मुलुक इजिप्ट, लिबिया, साउदी अरब, यूएई, बहराइन, यमन तथा दक्षिण एसियाली मुलुक माल्दिभ्ससमेतले कतारसँग दौत्यसम्बन्ध विच्छेद गरेका थिए ।
ती देशले कतारस्थित आ–आफ्ना कूटनीतिक नियोगबाट राजदूतलगायत सबै कर्मचारी फिर्ता बोलाएका छन् भने आफ्नो देशमा रहेका कतारका सबै कूटनीतिक कर्मचारी एवं नागरिकलाई देश छोड्न आदेश दिएका छन् । ७ मुलुकले आफ्नो जल, स्थल तथा हवाईमार्गका नाका प्रयोग गर्नबाट कतारका पानी जहाज, गाडी तथा विमानलाई प्रतिबन्ध लगाउने भएका छन् । त्यस्तै, आफ्नो देशका विमान सेवाले कतारका कुनै पनि गन्तव्यतर्फ उडान नगर्ने निर्णय पनि ती मुलुकले लिएका छन् ।
कतारसँग स्थल सीमा जोडिएको यूएईले आफ्नो सीमासमेत बन्द गरेको छ ।
सन् १९९१ मा अमेरिकी तथा बहुराष्ट्रिय सेना र इराकबीच भएको खाडी युद्धपछि पहिलो पटक खाडी मुलुकबीच कूटनीतिक संकट उत्पन्न भएको जनाइएको छ । यस स्थितिलाई चिर्न कुवेतले मध्यस्थता गर्ने चासो देखाएको हो । कुवेतका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसँग कुराकानी सुरु गरेका छन् । उनले खाडी मुलुकबीचको सम्बन्ध सुधारेर पुरानै स्थितिमा फर्काउन कुवेतले सक्दो प्रयास गर्ने बताएका छन् ।
कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाह पनि कूटनीतिक संकट समाधानका लागि मध्यस्थता गर्न साउदी अरब प्रस्थान गरेका छन् ।
त्यस्तै, इरानले कतार र अन्य अरब मुलुकबीच देखिएको समस्या राजनीतिक वार्तामार्फत समाधान गर्न आग्रह गरेको छ । कतारलगायत अन्य अरब मुलुकसँग सुमधुर सम्बन्ध भएको टर्कीले पनि अरब क्षेत्रमा देखिएको पछिल्लो समस्या समाधान गर्न तत्पर रहेको जनाएको छ । पछिल्लो समय देखिएको समस्या समाधान गर्न इस्तानबुलले कुनै पनि किसिमको सहयोग गर्ने टर्कीका विदेशमन्त्री मेभलुट कभुसोग्लुले बताएका छन् ।
ट्रम्पको कतारसम्बन्धी ट्वीट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मध्यपूर्वको भ्रमण र कतारसँग अन्य ६ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध तोडेको निर्णयलाई जोडेका छन् । ‘मेरो मध्यपूर्वको हालैको भ्रमणमा अतिवादलाई अबका दिनमा सहायता नदिइने जनाएको थिएँ,’ उनले ट्वीट गरेका छन्, ‘अरब मुलुकका नेताले यसमा कतारलाई सावधान गराएका छन् ।’
अमेरिकी सेनाले कतारमा यस क्षेत्रको सैन्य कारबाहीका लागि ठूलो हवाई अड्डा राख्दै आएको छ । यसलाई अब इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध लक्षित गरिएको छ ।
यसैबीच, अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले खाडी मुलुकबीच एकता कायम राख्दै समस्या समाधानका लागि काम गर्न आह्वान गरेका छन् ।
Tuesday, June 6, 2017
कुवेत मध्यस्थता गर्न अग्रसर
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
