जेष्ठ २९, २०७४- मध्यपुर थिमि ५ की २९ वर्षीया एक महिलाले सोचेकी पनि थिइनन् कि २ वर्षको प्रेमपछि विवाह गरेको पतिले यतिसम्म क्रूर व्यवहार देखाउँलान् भनेर । बेला–बेलामा अर्को महिलासँग हिँड्ने, परिवारलाई बेवास्ता गर्ने, शारीरिक तथा मानसिक यातना दिने व्यवहार त वर्षौं सहँदै आइन् । २०७३ पुस १ को दिउँसो बजारबाट घर फर्कंदाको अवस्था भने सहन सकिनन् । जुन अवस्थाले उनलाई घर छाड्न बाध्य पार्यो । ‘आफ्नै रगत, मुटु (११ वर्षीया छोरी) लाई श्रीमानले बलात्कार गरेको अपराध कसरी सहनु,’ उनले भनिन्, ‘आँखैअघि दानवीय व्यवहार देख्नुपर्यो ।’
जब उनले छोरीको बलात्कार बाबुबाटै भन्ने उजुरी प्रहरीमा टिपाइन् त्यसदिनदेखि बाससमेत छाड्नुपर्यो । २ छोरी र १ छोराकी आमाले आफ्नै पतिविरुद्ध बलात्कारको उजुरी गरिन् । परिवार र समाजले भने उनलाई तिरस्कार गर्यो । ‘अर्कोसँग बिहे गर्न श्रीमानलाई फसाई, परिवार भाँडी भनेर बसिसक्नु भएन,’ उनले भनिन् । अझै पनि जिउँदै फर्किएँ भने बाँकी राख्दिनँ भन्ने धम्की आइरहेको छ । उनी करिब ६ महिनायता माइतीघर बस्दै आएकी छिन् । छोरीलाई पटक–पटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आइतबार २३ वर्ष कैद र ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
छोरी बलात्कार गर्ने बाबु (श्रीमान्) का लागि अदालतले गरेको फैसलाले एउटा साहस थपिएको उनले बताइन् । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले पीडकलाई जबरजस्ती करणीको ३ नम्बर महलको देहाय (२) बमोजिम १२ वर्ष कैद, आफ्नै नाबालिका छोरीलाई मलद्वारबाट अप्राकृतिक मैथुन गरेकाले ९ ‘क’ बमोजिम थप १ वर्ष र हाडनाता करणीको महलको १ बमोजिम १० वर्ष गरी २३ वर्ष कैद फैसला सुनाएको इजलास अधिकृत कमल महतले बताए ।
पीडित बालिकाको पालनपोषण, शिक्षा, उचित हेरचाहका लागि तत्काल पीडकबाट क्षतिपूर्ति भराउन सक्ने अवस्था नदेखिएकाले पछि असुलउपर गर्ने गरी तत्काल सरकारबाट क्षतिपूर्ति रकम ३ लाख रुपैयाँ प्रदान गर्ने फैसला भएको छ । मध्यपुर थिमि ५ का ३२ वर्षीय बाबुले आफ्नै ११ वर्षकी छोरीलाई ८ वर्षको उमेरदेखि पटक–पटक बलात्कार गर्दै आएको पुष्टि भएको महतले बताए ।
वर्षाैंको पीडा र अदालतको फैसलाले साहस बटुलिए पनि ३ सन्तान र बासको चिन्ताले भने पिरोलिरहेको आमा बताउँछिन् । ‘बलात्कारपछि ११ वर्षीया छोरी माइती नेपालमा आश्रय लिइरहेकी छिन्,’ उनले भनिन् । माइतीघरमा पनि दाजुभाइ नभएको र वृद्ध बाबुआमा पनि बिरामी रहेकाले घर व्यवहार चलाउन गाह्रो भएको उनले सुनाइन् । छोरी बलात्कार घटना प्रहरीमा पुगेसँगै घर जान नपाएकी उनले सम्पत्ति दाबी गर्न पनि जग्गाजमिन नभएकाले समस्यामा परेको बताइन् । उनका पति बस्ने घरजग्गाको लालपुर्जा छैन ।
Sunday, June 11, 2017
बलात्कार गर्ने बाबुलाई २३ वर्ष कैद
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News