Breaking

Thursday, June 1, 2017

विवाह गरेर मैले जीवनकै ठुलो भुल गरेँः मनिषा कोइराला

काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपाली ब्यापारी सम्राट दाहालसँग विवाह गर्नु आफ्नो जीवनकै ठुलो भुल भएको बताएकी छिन् । ‘म विवाह गर्नु चाहन्थे र विवाहका बिषयमा मेरो काल्पनिक बिचार थियो, त्यो गल्ति रहेछ’ एक भारतीय पत्रिकालाई अन्तर्वार्ता दिँदै मनिषाले भनेकी छिन् ‘यसका लागि अरु नभई म आफै जिम्मेवार छु ।’

सन् २०१० मा मनिषाले नेपाली ब्यापारी सम्राटसँग विवाह गरेकी थिइन । विवाह भएको एकबर्षमै उनीको सम्बन्धमा दरार आएको थियो भने दुई बर्षमै सम्बन्ध बिच्छेद भएको थियो । आफ्नो बैवाहिक जीवन र सम्बन्ध बिच्छेदलाई लिएर उनले भनेकी छिन् ‘यदी तपाईको सम्बन्धमा दरार पैदा भइसकेको छ भने तत्काल सम्बन्ध बिच्छेद गर्नु नै बेश हुन्छ, मैले पनि त्यही गरेँ ।’ उनले आफ्नो बैबाहिक जीवनमा अर्काे पक्षको कुनै गल्ति नभएको बताइन ।

‘विवाहपछि मैले सोचे म यसका लागि बनेकी होइन, सम्बन्धले पनि मेरो सोचलाई मद्दत गरेन’ उनले अन्तर्वार्ताका क्रममा भनेकी छिन् । विवाहपछि मनिषा बलिउड क्षेत्रबाट हराएकी थिइन । उनले अभिनय गरेका कतिपय फिल्महरु चल्न सकेनन् । त्यही बेला उनले क्यान्सरको पनि सामना गर्नु परयो ।

बलिउड दुनियाँबाट झण्डै एक दशक हराएकी मनिषाले ‘डियर माया’ नामको फिल्मबाट कमब्याक गरेकी छिन् । डियर मायामा उनले एउटा अधबैसे महिलाको भूमिका निर्वाह गरेकी छिन् । एउटा प्रेम पत्रका आधारमा ३० बर्ष घरको एउटा कोठामा बन्द भएको कहानी उनको फिल्ममा छ । सुनैना भटनागरको निर्देशनमा यो फिल्म बनेको छ ।