Breaking

Thursday, June 1, 2017

भरतपुरमा च्यातिएका मतपत्र गन्ने तयारी

चितवन, जेठ १८ – चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा च्यातिएको मतपत्रको संख्या गन्ने तयारी भएको छ । निर्वाचन आयोगले गएको आइतबार राति च्यातिएको मतपत्रको संख्या यकिन गरेर पठाउन भनेपछि च्यातिएका मतपत्र गन्ने तयारी भएको हो । च्यातिएका मतपत्र गन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले च्यातिएका मतपत्र गन्ने तयारीका लागि अहिले भरतपुरमा सर्वदलीय बैठक बसेको छ । सर्वदलीय बैठकपछि च्यातिएका मतपत्रको संख्या यकिन गर्न गनिने छ ।
 वडा नम्बर १९ को मत गन्ने क्रममा त्यहाँ रहेको माओवादी केन्द्रका प्रतिनिधिले च्यातेपछि भरतपुरको मतगणना रोकिएको छ ।