जेठ २६ – भारत र पाकिस्तानका प्रधानमन्त्रीबिच गएको १७ महिनापछि पहिलो पटक कजाकिस्तानमा भेट भएको छ । गएको १७ महिनापछि पहिलो पटक उहाँहरुबिच भेटघाट भएको जनाइएको छ । काश्मिर भूभागका कारण यी दुई देशका बिचमा राम्रो सम्बन्ध रहने गरेको छैन । तर गएको केही समययतादेखि काश्मिरमा उत्पन्न नयाँ विवादसँगै उहाँहरुबिच कजाकिस्तानमा भेट भएको समाचारमा जनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबिच बिहीबार साँझ कजाकिस्तानमा भेटभयो र उहाँहरुले हात मिलाउदै एक आपसमा अभिवादन गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।
उहाँहरु कजाकिस्तानमा जारी सांघाई कोअपरेशन फोरममा सहभागिताका लागि त्यहाँ रहनुभएको छ । बिहीबार साँझ उक्त संस्थाको उद्घाटनका क्रममा उहाँहरुबिच भेट भएको हो ।
उहाँहरुबिच यसअघि सज् २०१५ को डिसेम्बर महिनामा जलवायु परिवर्तनसम्बन्धमा फ्रान्सको राजधानी पेरिसमा भएको सम्मेलनका क्रममा भेटवार्ता भएको थियो ।
भारतीय विदेशमन्त्रालयका एकजना अधिकारीले उहाँहरुबिच वार्ता भने नभएको र उक्त सम्मेलनको उद्घाटनका क्रममा भेट र हात मिलाउने काममात्र भएको जनाएका छन् ।
सन् २०१६ को जनवरी महिनामा भारतीय भूभाग पठानकोटमा रहेको भारतीय सैनिक क्याम्पमा भएको भिषण आतंककारी हमलापछि यी दुई देशबिचमा लामो विवाद उत्पन्न हुदै आएको छ ।
हमलामा पाकिस्तान संरक्षित आतंककारीको हात रहेको आरोप भारतले लगाउँदै आएको छ । तर पाकिस्तानले भने यसको कडा रुपमा खण्डन गर्ने गरेको छ ।
भारत र पाकिस्तानबीच हुने गरेको शान्ति वार्ता पनि भारतीय पक्षका कारण स्थगित हुदै आएको छ । जसका कारण पछिल्ला केही वर्षयतादेखि यी दुई देशबिच औपचारिक वार्ताहरु पनि रोकिएका छन् । – रासस
Friday, June 9, 2017
भारत र पाकिस्तानका प्रधानमन्त्रीको १७ महिनापछि भेट
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
