Breaking

Friday, June 9, 2017

आठौं तलाबाट खसेर युएईमा एक नेपालीको ज्यान गयो

उमाकान्त पाण्डेय / उज्यालो । 

युएई, जेष्ठ २६ – युएईमा एक नेपालीको ज्यान गएको छ । मोरङको इटहरा ९ का सविन खड्काको काम गर्ने क्रममा सिँढीबाट लडेर ज्यान गएको हो । आठौं तलाबाट खसेका सविनको घट्ना स्थलमै ज्यान गएको आबुधाबी हेल्थ अथोरिटीले गरेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

उनको शव बुधवार नेपाल ल्याइएको छ । कम्पनीले मृत्युको कारण सहित कानुनी प्रकृया गरेपछि शव नेपाल ल्याइएको हो ।  बीमा बापतको रकम आउन समय लाग्ने भएकाले शव नेपाल पठाइएको र बाँकी कानुनी प्रकृया परिवारको सिफारिसमा दूतावासले गर्ने दूतावासका द्वितीय सचिव कृष्ण अर्यालले बताउनु भयो ।

२६ वर्षिया सविन बिन मजिद होटल एन्ड रिसोर्ट अन्तर्गत आबुधाबीको मुसरिफ मल नजिकै रहेको नेहाल होटलमा कार्यरत थिए । उनी गएको बैशाख १४ गतेबाट हाउसकिपिङको काममा आएका थिए ।