Breaking

Wednesday, June 7, 2017

साउदी अरेबियाका राजालाई ट्रम्पको टेलिफोनः गल्फ क्षेत्रको एकताका लागि आग्रह

जेठ २४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका राजसँग टेलिफोन वार्ता गरी गल्फ क्षेत्रको एकताका लागि काम गर्न आग्रह गर्नुभएको ह्वाइट हाउसले जनाएको छ । कतारसँगको सम्बन्ध तोड्नुमा आफ्नो सल्लाहले काम गरेको भन्ने ट्रम्पको भनाई आए लगतै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले साउदी अरेबियाका राजासँग एकताका लागि प्रयास गर्न आग्रह गरेको स्पष्टिकरण दिएको हो । आतंकवादीलाई सहयोग गरेर अरब क्षेत्रमा अस्थिरता कायम गरेको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया तथा माल्दिभ्सले कतारसँगको कुटनीतिक तथा राजनीतिक सम्बन्ध अन्त्य गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै यी देशले आफ्नो आग्रहमा कतारसँगको सम्बन्ध तोडेको दाबी गर्नुभएको छ । केही समयअघि मात्रै भएको आफ्नो भ्रमणको क्रममा साउदी अरेबियासँग आफूले कतारले अतिवादी विचारधाराको समर्थन गरेको र आतंककारीलाई आर्थिक सहयोग गरिरहेको बताएको ट्रम्पको भनाई छ । आफू भ्रमण सकेर फर्किएको केही समयपछि नै
आफ्नो साउदी भ्रमणको असर देखिन थालेको ट्रम्पको दाबी छ । झण्डै दुई हप्ताअघि ट्रम्पले मध्य पूर्वको भ्रमण गर्नुभएको थियो । ट्रम्पको यो भनाईलाई विश्लेषकले निकै गम्भीर तथा महत्वपूर्ण रुपमा लिएका छन् ।

तर ट्रम्पको ट्वीटपछि ह्वाइट हाउसका अधिकारीले ट्रम्पले अतिवादी तथा आतंकवादी विरुद्धको कारवाहीमा गल्फ क्षेत्रलाई एकताबद्ध हुन आग्रह गरेको बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । कतारले आफ्नो देशले इस्लामिक