Breaking

Friday, June 9, 2017

दार्जीलिंगले बाटो फेर्यो …वान पोइन्ट एजेण्डा गोर्खाल्याण्ड


दार्जि्लिङ। जबसम्म दार्जि्लिङ पहाडको स्थिति ठिक रहँदैन तबसम्म पश्चि म बंगालकी मुख्यमंत्री ममता ब्यानर्जी दार्जि्लिङमै बस्ने भएकी छन्। बिहीबार ८ जूनको दिन गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)(को समर्थकहरूमाथि पुलिसले लाठी साथै टियर ग्यास चलाएको विरोधमा आज दार्जि्लिङ पहाडमा गोजमुमोले ज्ञद्द घन्टा आम हडताल डाकेको थियो।

आज यस हडतालले सम्पूर्ण दार्जि्लिङ पहाड अस्तव्यस्त बन्यो। सम्पूर्ण बजारमा पसलहरू बन्द रह्यो भने गाडीहरू चलेन भने विद्यालयहरु सबकैनै बन्द रहेको थियो। दार्जि्लिङ, खरसाङमा सुरक्षा व्यवस्थाको लागि सीआरपीएफ साथै सेना तैनाथ गरिएको छ।

बंगला भाषा अनिवार्य गराउनु हुँदैन भन्ने विरोधमा शुरू भएको विवादले दार्जि्लिङ पहाड फेरि आन्दोलनको बाटोमा लागेको छ। गोजमुमोका अध्यक्ष एवं गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) चीफ विमल गुरूङले एउटै कुरा भनेका छन् अब ‘वान पोइन्ट एजेन्ड गोर्खाल्यान्ड’ मात्र कुरा हुनेछ। अब चाडैनै भावी कार्यक्रम तयार गरिने उनले बताएका छन्।

बिहीबार दिउँसोदेखि भएको अघोषित बन्दले दार्जि्लिङ पहाडमा घुम्न आएको करीब ज्ञण् हजार पर्यटकहरू बिचल्नीमा परेका छन्। पर्यटकहरूलाई दार्जि्लिङबाट फर्काउनका लागि पश्चिपम बंगाल राज्य सरकारले कडा सुरक्षा बीच सिलगढीसम्म बस र गाडीहरूको व्यवस्था गरेर पुर्याहउनले कार्य गरेको छ। आज हडतालको अवधिमा धेरै संख्यामा पर्यटकहरूलाई कडा सुरक्षा बीच राज्य सरकारको बसहरूद्वारा सिलगढीसम्म पुर्या उने कार्य गरिएको थियो।

पर्यटकहरूलाई दार्जि्लिङमा स्थानीय मानिसहरूले खानाको व्यवस्था गरेको थियो। हडतालको अवधिमा मुख्यमंत्री ममता ब्यानर्जीले बिहानै सडका निस्किएर पर्यटकहरूसित भेट गर्दै कुनै असुविधा हुन नदिने आश्वा्सन दिइन्। पहाडका विध्यालयहरूमा बंगला भाषा चलाउनु पर्छ भन्ने विषयलाई लिएर चर्किएको विवादले अहिले गोजमुमो र पश्चिूम बंगाल सरकार बीच चर्को राजनैतिक द्वन्द चर्किएको छ।

मुख्यमंत्री ममता ब्यानर्जीले गोजमुमोसित कुनै मुद्दानै छैन र टीएमसीको सरकारले गरेको विकासको आह्रिस मात्र गरेको भन्ने कुरा गरेकी छन्। आउँदो महिना जुलाईको अन्तिम सातामा गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए)(को पाँच वर्षको कार्यकाल समाप्त हुनेछ। यसपछि जीटीएको चुनाव हुनेछ।
दार्जि्लिङ पहाड पूर्णरूपले नियन्त्रित छ भन्ने कुरा गर्दै उनले भनिन्,

‘‘गोजमुमोले जीटीए चुनावको निम्ति जनतालाई उक्साउने कार्य गरिरहेको छ। अब राज्यको सरकारले दार्जि्लिङको स्थितिलाई लिएर कुनै सम्झौता गर्नेछैन।’’ पहाडमा बंगला भाषा अनिवार्य गर्नु हुँदैन भन्दै गोजमुमो प्रतिवाद जुलूस बारेमा टिप्पणी कस्दै उनले भनिन्, ‘‘यो प्रतिवाद जुलूस गोजमुमोले जीटीए चुनावको प्रोपोगान्डा मात्र हो।’’ मुख्यमन्त्री ममता ब्यानर्जीले गोजमुमोले गरेको हडताल असफल भएको दावी गरेकी छन्। दार्जि्लिङ र कालेबुङका सरकारी कार्यलयहरूमा ढढ प्रतिशत अनि खरसाङमा ढड प्रतिशत अनि मिरिकमा सय प्रतिशत कर्मचारीहरू उपस्थित रहेको जिल्लापालबाट प्राप्त भएको रिर्पोटअनुसार उनले बताएकी छन्।

पश्चिम बंगालका विपक्षी दलहरू मायर्सवादी कम्युनिष्ट पार्टी (माकपा)(का वरिष्ठ नेता विमान बोस,भारतीय जनता पार्टी (भाजपा)का नेता दिलीप घोष र कंग्रेसका नेता अधिर रञ्जन चौधरीले दार्जि्लिङमा अशान्ति सृजना भएको आरोप मुख्यमंत्री ममता ब्यानर्जीमाथि लगाएकी छन्।

ड जूनकै दिन पश्चितम बंगाल राज्य सरकारले जीटीएको वर्त्तमान प्रिन्सिपल सक्रेटरी रवि इन्दर सिंहलाई हटाएर वरूण रायलाई नियुक्त गरेको छ। जीटीएको अडिट गराउने कार्य ढ जूनदेखिनै गरिने भएको छ। मुख्यमंत्रीले यस अडिटको रिर्पोट ज्ञछ दिनभित्रमा बुझाउनु पर्ने बताएकी छिन्। जीटीएको कार्यलय रहेको गोर्खा रंगमञ्च भवन (पहिलाको भानु

भवन)(मा पनि अहिले पुलिस तैनाथ गरिएको छ। आजनै दार्जि्लिङको जिल्लापालले सूचना जारी गरेर गोर्खा रंगमञ्च भवनमा दई महिनाको लागि प्रवेश निषेध गरेको छ। दार्जि्लिङको कानून व्यवस्थामा निगरानी राख्न राज्यका उङ्ख स्तर तीनजना आईपीएस अधिकारीहरू जावेद शमिम, सिद्धिनाथ गुप्त अनि अजय नन्दी आज दार्जी्लिङ आइरहेका छन्।