Breaking

Tuesday, June 13, 2017

दार्जिलिङमा चर्कियो भाषा आन्दोलन, सरकारी कार्यालयका साइनबोर्ड नेपाली भाषामा सबैले एक एक लाईक र शेर गरी सहयोग गरौ


काठमाडौं, जेठ ३० । बंगाली भाषा बाध्यकारी व्यवस्था गरिएपछि नेपाली भाषी भारतीयको सघन बसोबास रहेको दार्जिलिङसहितको गोर्खाल्याण्ड क्षेत्रमा चर्किएको आन्दोलनका कारण सोमबारदेखि त्यहाँका सरकारी कार्यालय बन्द भएका छन् ।

गोर्खा जनमुक्ति मोर्चाको आह्वानमा सुरु भएको आन्दोलनका कारण सरकारी र निजी कार्यालयका साइनबोर्ड पनि नेपालीमा लेख्न सुरु गरिएको मोर्चाका सहसचिव विमान तामाङले जानकारी दिए ।

मोर्चा अध्यक्ष विमल
गुरुङले पहाडदेखि तराई डुवर्ससम्मका साइनबोर्ड नेपालीमा लेखिने बताए ।

बंगाली भाषाको बाध्यकारी अध्ययनको व्यवस्थाले करिब एक सय वर्ष पुरानो नेपाली भाषा र जातिको मुक्ति आन्दोलनमा अतिक्रमण भएको भन्दै गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन सुरु गरेको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट