Breaking

Tuesday, June 13, 2017

साउदी, बहराइन र युएईले हवाई मार्ग प्रयोग गर्न दिने


जेठ ३० – साउदी अरब, बहराइन र युएईले कतारमा उडान भर्ने जहाजलाई हवाई मार्ग प्रयोग गर्न दिने भएका छन् । तर कतार एयरवेज जस्ता कतारको व्यावसायिक एयरलाइन्सले भने हवाई मार्ग प्रयोग गर्न पाउने छैनन ।

कतार बाहेकको देशका एयरलाइन्सले यात्रुको राष्ट्रियता सहितको विवरण बुझाएर २४ घण्टा अगाडि नै हवाइ मार्ग प्रयोग गर्ने अनुमती माग्नु पर्ने छ । यात्रु सहित विमानमा कार्यरत कर्मचारीको पनि विवरण बुझाउनु पर्नेछ ।

तर हवाई मार्ग, आतंककारी गतिविधिमा प्रयोग हुन सक्ने तर्फ राष्ट्रसंघको सुरक्षा परिषद्ले गरेको सतर्कतालाई उधृत गर्दै यी तीन देशले राष्ट्रिय सुरक्षाका लागि पूर्व सावधानी अपनाउन सक्ने अधिकार रहेको जनाएका छन् ।

गएको हप्ता यी तीनसहित सात देशले कतारले आतंकवादलाई सहयोग गरेको भन्दै कुटनैतिक सम्बन्ध तोडेका छन् । यी देशहरुले कुटनैतिक सम्बन्ध विच्छेद गरेर हवाई तथा सामुन्द्रिक मार्ग समेत बन्द गरेका थिए ।