Breaking

Saturday, June 10, 2017

कतार विवाद चर्किएमा युद्ध हुन सक्ने चेतावनी


काठमाडौँ । जर्मन विदेशमन्त्री गाब्रियलले कतारी विदेशमन्त्री शेख मोहम्मदसंग जर्मनीमा कुराकानी गरे।

कतार तथा उसका अरब छिमेकीहरुसंगको विवाद चर्किएर युद्ध सम्म हुन सक्ने जर्मनीका विदेशमन्त्री जिकमार गाब्रियलले चेतावनी दिएका छन्।
एक जर्मन अखबारलाई अन्तर्वार्ता दिंदै उनले हालको विवादमाझ दुई पक्षबीचको सम्बन्धमा अस्वाभाविकरुमा कडा रुखोपना आएको बताए।

गाब्रियलले यो साता विवादका सबै पक्षसंग कुराकानी गरेका छन्। साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहरेन तथा इजिप्टले कतारसंग सम्बन्ध विच्छेद गर्नुका साथै स्थल, सामुद्रिक तथा हवाई मार्गमा नाकाबन्दी लगाएका छन्।

अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले नाकाबन्दी हटाउन गरेको आग्रहलाई उनीहरुले बेवास्ता गरेका छन्।

तर उनीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारविरुद्ध उनीहरुको कदमको समर्थनमा कडा टिप्पणी गरेकोलाई स्वागत गरेका छन्। बीबीसी